Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

खुनमिङ एक्स्पोमा नेपाली जडीबुटीको प्रदर्शन

खुनमिङ एक्स्पोमा नेपाली जडीबुटीको प्रदर्शन
A A+ A-

काठमाडौं। नेपालले चीनको खुनमिङमा आयोजित पहिलो अन्तर्राष्ट्रिय चिनियाँ औषधिजन्य सामग्री उद्योग एक्स्पो २०२६ मा नेपाली जडीबुटीजन्य उत्पादनसहित सहभागिता जनाएको छ।

एक्स्पोको उद्घाटन कार्यक्रममा बेइजिङस्थित नेपाली दूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले ‘नेपालको जडीबुटीमा चिनियाँ प्रविधिको महत्व’ विषयमा प्रस्तुति दिइन्। कार्यक्रममा चिनियाँ तथा विदेशी गरी करिब एक हजार सरकारी अधिकारी, कूटनीतिज्ञ, अनुसन्धानकर्ता, व्यवसायी र लगानीकर्ताको सहभागिता थियो।

युन्नान प्रदेश कृषि विभागका महानिर्देशक ली यानको संयोजनमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा चिनियाँ कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय उपसचिव तथा उपगभर्नर वाङ शियाङआङ सहभागी थिए।

खुनमिङ अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा भइरहेको एक्स्पो तीन दिन सञ्चालन हुनेछ। मेलामा नेपाल जडीबुटी व्यवसायी महासंघले नेपाली जडीबुटीजन्य उत्पादन प्रदर्शन गरिरहेको छ। चिनियाँ अधिकारी तथा अनुसन्धानकर्ताले जडीबुटी क्षेत्रमा चीनले हासिल गरेको प्रगति, युन्नानको सम्भावना र दक्षिण एसियासँग सहकार्यका विषयमा प्रस्तुति दिएका छन्।

विदेशी मुलुकमध्ये नेपाललाई मात्र प्रस्तुति दिने अवसर दिइएको थियो।

अर्यालले नेपालका लागि जडीबुटी क्षेत्र तुलनात्मक लाभको क्षेत्र रहेको बताउँदै चिनियाँ प्रविधि, नवप्रवर्तन र लगानीमार्फत यस क्षेत्रलाई उच्च मूल्यको उद्योगमा रूपान्तरण गर्न सकिने बताइन्। औषधि, न्युट्रास्युटिकल्स, पोषण आहार, प्राकृतिक सौन्दर्य सामग्री र अन्य वनस्पतिजन्य स्वास्थ्य उत्पादनको विश्वव्यापी माग बढिरहेको उल्लेख गर्दै उनले नेपालमा चिनियाँ लगानी र प्रविधि भित्र्याउन आग्रह गरिन्।

विश्वव्यापी जडीबुटी औषधि बजार सन् २०२५ मा २५१.२४ अर्ब अमेरिकी डलर रहेको र सन् २०३४ सम्म ५१५.९२ अर्ब डलर पुग्ने प्रक्षेपण छ। वार्षिक चक्रवृद्धि वृद्धिदर ८.३७ प्रतिशत रहने अनुमानले यो क्षेत्रको दीर्घकालीन व्यावसायिक सम्भावना देखाउँछ।

नेपालको भौगोलिक तथा जैविक विविधताले जडीबुटी उत्पादनका लागि बलियो आधार दिएको छ। नेपालमा ६ हजार ९७३ उच्च वनस्पति प्रजाति, करिब ७०० औषधीय वनस्पति र परम्परागत रूपमा औषधिका रूपमा प्रयोग हुने करिब २५० प्रजाति रहेको तथ्यांक छ। जडीबुटी क्षेत्र करिब तीन लाख परिवारको जीविकोपार्जनसँग जोडिएको छ।

यार्सागुम्बा, जटामसी, कुटकी, सतुवा, ककोली, गुच्छी च्याउ र औषधीय अर्किडजस्ता उच्च मूल्यका उत्पादनसँगै तेजपत्ता, टिमुर, चिराइतो, अमला, दालचिनी र रिठ्ठोजस्ता वस्तुको व्यावसायिक सम्भावना छ।

कच्चा जडीबुटीलाई औषधि, क्याप्सुल, हर्बल एक्स्ट्र्याक्ट, आवश्यक तेल, हर्बल चिया, कस्मेटिक्स, फङ्सनल फुड र वेलनेस उत्पादनमा रूपान्तरण गर्न चीनको प्रविधि र लगानी नेपालका लागि महत्वपूर्ण अवसर बन्न सक्ने देखिन्छ।

2