Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपालमै बनेको विद्युतीय स्कुटरलाई सरकारको साथ

नेपालमै बनेको विद्युतीय स्कुटरलाई सरकारको साथ
अ+ अ-

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन र उत्पादन भएको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।

काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा सिप्रदी यात्रीले निर्माण गरिरहेको नेपालमै पहिलोपटक डिजाइन तथा उत्पादन गरिएको विद्युतीय स्कुटर ‘यात्री पी–टु’को उत्पादन प्रक्रिया अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकारको साथ रहने बताएका हुन्।

‘यात्री पी–टु’ नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद उपलब्धि भएको बताउँदै उनले गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल बन्न कम्पनीलाई सुझाव दिए।

नेपालले आफ्नै डिजाइनमा दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु महत्वपूर्ण औद्योगिक उपलब्धि भएको उनको भनाइ थियो। सरकारले गर्नुपर्ने सहयोगबारे जानकारी गराउन आग्रह गर्दै वाग्लेले नेपाली उत्पादनलाई विश्व बजारमा विस्तार गर्ने रणनीति बनाउन पनि सुझाव दिए।

उनले विश्वका ठूला प्रविधि कम्पनीले डिजाइन, उत्पादन र आपूर्ति शृंखलालाई विभिन्न देशमा विस्तार गरेको उदाहरण दिँदै सम्भव भएसम्म उत्पादनको मूल्य शृंखला नेपालमै विकास गर्नुपर्ने बताए।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटर डिजाइन र उत्पादन गर्नु कम्पनीका लागि ऐतिहासिक उपलब्धि भएको बताए।

कम्पनीका अधिकारीहरूका अनुसार नयाँ स्कुटरमा डीसी चार्जिङ प्रणाली रहेको छ। उक्त स्कुटर केही दिनमै सार्वजनिक गर्ने तयारी गरिएको छ। सार्वजनिक गर्नुअघि यसको प्राविधिक विवरण गोप्य राखिएको कम्पनीले जनाएको छ।

विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माणको क्षेत्रमा यात्रीले यसअघि पनि काम गर्दै आएको छ। नेदरल्यान्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरेर नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल उत्पादन गर्ने उद्देश्यले ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए।

नेपालमै डिजाइन र उत्पादनको क्षमता विस्तार हुँदै जाँदा विद्युतीय सवारीसाधनको क्षेत्रमा आयातमा निर्भरता घटाउने, नेपाली इन्जिनियरिङ क्षमता विकास गर्ने र भविष्यमा निर्यातको सम्भावना खोज्ने अवसरसमेत बढेको छ।

2