Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

कृषि सामग्री कम्पनीबाट दुई हजार मेट्रिकटनभन्दा बढी मल बिक्री

कृषि सामग्री कम्पनीबाट दुई हजार मेट्रिकटनभन्दा बढी मल बिक्री
A A+ A-

दमौली। कृषि सामग्री कम्पनी दमौलीले एक वर्षको अवधिमा दुई हजार ७०० मेट्रिकटनभन्दा बढी मल बिक्री गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ७६६ दशमलव ६७ मेट्रिकटन मल बिक्री गरेको हो ।

कार्यालय प्रमुख विजया बास्कोटाका अनुसार तनहुँमा एक हजार ९०३ दशमलव शून्य ७५ मेट्रिकटन र लमजुङमा ८६३ दशमलव ६०० मेट्रिकटन मल बिक्री गरिएको छ । उक्त अवधिमा युरिया, डिएपी, पोटास र चुन मल बिक्री गरिएको उनले बताए ।

बास्कोटाका अनुसार तनहुँमा एक हजार ३८३ दशमलव १५० मेट्रिकटन युरिया, ४६५ दशमलव १०० मेट्रिकटन डिएपी, ४७ दशमलव २५० मेट्रिकटन पोटास र सात दशमलव ५७५ मेट्रिकटन चुन बिक्री गरिएको छ ।

यस्तै, लमजुङमा ६४३ दशमलव ८०० मेट्रिकटन युरिया, १७७ दशमलव २०० मेट्रिकटन डिएपी, ३५ दशमलव ९०० मेट्रिकटन पोटास र छ दशमलव ७०० मेट्रिकटन चुन बिक्री गरिएको प्रमुख बास्कोटाले जानकारी दिनुभयो । उक्त आवमा दुई हजार ७५१ मेट्रिकटन मल प्राप्त भएको थियो भने अघिल्लो आवको २०० दशमलव १२५ मेट्रिकटन मौज्दात थियो ।

आव २०८२/८३ मा बिक्री भएर १८४ दशमलव ४५० मेट्रिकटन मल चालु आवका लागि मौज्दात रहेको बास्कोटाले जानकारी दिए । आव २०८२/८३ मा युरिया दुई हजार २५ मेट्रिकटन, डिएपी ६०० मेट्रिकटन, पोटास १०५ मेट्रिकटन र चुन २१ मेट्रिकटन प्राप्त भएको थियो ।

प्रमुख बास्कोटाका अनुसार युरिया ११४ दशमलव ४००, डिएपी २१ दशमलव शून्य ५०, पोटास २२ दशमलव ५०० र चुन २६ दशमलव ५०० मेट्रिकटन मल मौज्दात छ । चालु आव २०८३/८४ को साउनको २८ गतेसम्म युरिया २७१ र डिएपी २०० मेट्रिकटन मल प्राप्त भएको छ । अघिल्लो वर्षको बाँकी रहेकोसहित हालसम्म ४३४ दशमलव ८०० मेट्रिकटन मल बिक्री भइसकेको छ ।

कार्यालयका सूचना अधिकारी मदन थपलियाका अनुसार प्रदेश मन्त्रालयले प्रत्येक स्थानीय तहका लागि मल बिक्रीको कोटा तोकेर पठाउने गरेको छ । प्रदेशबाट कोटा आएपछि स्थानीय तहमा रहेको मल व्यवस्थापन समितिले आफ्नो क्षेत्रमा आवश्यकताका आधारमा मलको मात्रा निर्धारण हुने उनले बताए ।

स्थानीय तहले निर्धारण गरेको कोटाअनुसार मल बिक्री गर्ने विक्रेताहरूले कार्यालयमा माग गर्छन् । विक्रेताले स्थानीय तहबाट पाएको कोटाको विवरण पेस गरेपछि कार्यालयले सोही कोटाका आधारमा मल उपलब्ध गराउने व्यवस्था रहेको थपलियाले जानकारी दिए ।

2