Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नाइमा एक्स्पोमा ५ हजार ५ सय सवारी बुकिङ

अ+ अ-

काठमाडौं। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ करिब १ लाख ८० हजार दर्शक र ५ हजार ५ सयभन्दा बढी सवारीसाधनको बुकिङसहित सम्पन्न भएको छ। साउन २६ गतेदेखि ६ दिनसम्म चलेको एक्स्पोमा करिब ३ हजार ५ सय चारपाङ्ग्रे र २ हजार दुईपाङ्ग्रे सवारीसाधन बुकिङ भएको व्यवसायीहरूले बताएका छन्।

नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको एक्स्पो अघिल्लो संस्करणको तुलनामा निकै सफल र उत्साहजनक भएको बताइन्। अघिल्लो संस्करणमा करिब १ लाख दर्शक पुगेकोमा यसपटक संख्या झन्डै दोब्बर भएको उनले बताइन्।

उनका अनुसार सवारीसाधनप्रति उपभोक्ताको बढ्दो चासो र बुकिङले बजारप्रति सकारात्मक मनोविज्ञान देखाएको छ। नाइमाले आगामी दिनमा सम्बन्धित संस्थासँग सहकार्य गर्दै नीति निर्माण र अटोमोबाइल क्षेत्रको विकासमा थप योगदान गर्ने उनले बताइन्।

एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक तथा लन्च गरिएको थियो। चारपाङ्ग्रेतर्फ बीवाईडीको बुकिङ सबैभन्दा बढी भएको छ। साइमेक्स इंकका अनुसार बीवाईडीका मात्रै करिब १ हजार युनिट बुकिङ भएका छन्।

त्यस्तै चेरी र टाटाका ७ सय–७ सय, वुलिङका ४५०, एमजीका ३२९, ग्रेटवाल मोटर्सका २०५, लिपमोटरका २००, हुन्डाईका १५०, महिन्द्राका १०० र प्रोटोनका १०० युनिट बुकिङ भएका छन्। कियाका ७०, टोयोटाका ४६, होङ्छीका ५५, आईकारका ५० र अन्य ब्रान्डका समेत उल्लेख्य बुकिङ भएको व्यवसायीहरूले बताएका छन्।

दुईपाङ्ग्रेमा एथरका ४ सय, सीएक्स मोटोका २ सयभन्दा बढी, ट्रायम्फका १ सयभन्दा बढी र याडियाका १४५ युनिट बुकिङ भएका छन्। सीएफमोटोका १०८, रोयल इन्फिल्डका १०० र केटीएमका ६० युनिट बुकिङ भएको सम्बन्धित बिक्रेताले जनाएका छन्।

एक्स्पो संयोजक गौरव सारडाका अनुसार ३० देखि ३५ लाख रुपैयाँ मूल्यका गाडीमा उपभोक्ताको आकर्षण बढी देखिएको छ। इन्ट्री लेभलका गाडीको मागले नयाँ ग्राहकलाई बजारमा आकर्षित गरेको उनले बताए।

लक्ष्मी ग्रुपका निर्देशक तथा नाइमा बोर्ड सदस्य निराकर श्रेष्ठले पनि बुकिङ उत्साहजनक रहेको बताए। उनका अनुसार केही ग्राहकले एकैपटक तीनवटासम्म मोडल बुक गरेका थिए। एक्स्पोको अन्तिम दिनसम्म पनि दर्शकको उत्साह कायम रहेको उनले बताए।

2