Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा

अ+ अ-

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउनको दोस्रो पाक्षिकका विजेता नम्बर घोषणा गरेको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेको उपस्थितिमा उपहार विजेता कुपनको घोषणा गरिएको हो । विभागका अनुसार साउन दोस्रो पाक्षिकमा रु १० लाखको बम्पर उपहार ०२६८८८९७९०३९ नम्बरको कुपन भएका उपभोक्ताले प्राप्त गरेको छ । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट रु ३५० को सामान खरिद गरेका उपभोक्ताले उक्त बम्पर उपहार जितेको विभागले जनाएको छ ।

त्यसैगरी साउन १६ देखि ३१ गतेसम्मका १६ विजेताले जनही रु एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन् । जसमा ०३०३४२२७९९५६, ०१९२५६५१०९२५, ०२६१४४५१५००५, ०३१७९९९३५०८२, ०१७७६६१०७००५, ०१८१२८७५९४०९, ०२४६७३१७१९०४, ०२११८४०००६५३, ०२३८५६८८५३७०, ०२५३५७३३१९८१, ०२२४५८०९६६६८, ०१६६६७२९०१४६, ०२००३७२८३७४७, ०२९१८४६२२६६५, ०२७७११४८७१४५ र ०२८६५७७७५४५९ कुपन नम्बर भएका उपभोक्ताले उक्त रकम जितेको विभागले जनाएको छ ।

गत साउन १६ देखि ३१ गतेसम्मको अवधिमा मात्रै तीन लाख ५७ हजार १४९ नगद कारोबारका बिलहरू उपहारका लागि दर्ता ९अपलोड० भएका थिए । यसअघि साउनको पहिलो १५ दिनमा बिल अपलोड गर्ने उपभोक्ताको कारोबार सङ्ख्या सात हजार ७७ मात्रै थियो ।

क्यूआर कारोबारबाट उपहार योजनामा स्वतः सहभागी भएका उपभोक्ताको कारोबार सङ्ख्या दुई करोड ५६ लाख आठ हजार ९४ बाट बढेर तीन करोड २० लाख ८६ हजार ३८० पुगेको छ । विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कूल कारोबार सङ्ख्या तीन करोड २४ लाख ४३ हजार २२९ पुगेको छ ।

2