Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोसिस गरिएको छः अध्यक्ष सिंह

बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोसिस गरिएको छः अध्यक्ष सिंह
अ+ अ-

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम नगरेको स्पष्ट पार्नुभएको छ ।

शनिबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी आर्थिक वर्षको बजेटले कुनै एउटा समुदाय र समूहलाई आर्थिक लाभ दिने काम नगरेको बताउनु भयो । बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोसिस गरेको बताउनुभयो । निर्माण क्षेत्रमा भने सोचेअनुसार समेट्न नसकेको बताउनुभयो ।

अध्यक्ष सिंहले भन्नुभयो, ‘‘आगामी आर्थिक वर्षको बजेटलै कुनै एउटा समुदायलाई, कुनै एउटा समूहलाई आर्थिक लाभ दिने काम गरेको छैन । बजेटमा हरेक क्षेत्रलाई समेट्ने कोसिस गरेको छ । निर्माण क्षेत्रलाई पनि समेट्ने कोसिस गर्दै गर्दा नीति तथा कार्यक्रम आउँदा जति उत्साहित थियौँ, निर्माण क्षेत्रमा रहेका समस्या राज्यले पहिचान गरिसकेको छ, यसलाई सम्बोधन गर्नेकुरा राज्यले प्राथमिकतामा राखेको छ भन्नेकुरा सोचेका थियौँ, बजेटबाट ति समस्या सम्बोधन गरिन्छ भन्ने थियो । केही कुराहरू समावेश भएका छन् ।’’

अध्यक्ष सिंहले सरकारले निर्माण क्षेत्रमा भएका समस्या समाधान गर्नेकुरामा निर्माण व्यवसायीहरूले दिएका सुझावहरू समेट्न नसकेको जानकारी दिनुभयो । रुग्ण योजनाहरू सम्बोधन गर्न बजेटमै नेपालको कर्मचारीहरूलाई सहज गरिदिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

2