काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भदौ २ गते छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन पनि सुनको कारोबार यही मूल्यमा भएको थियो।
त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ कायम गरिएको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको छ।
