Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

बजेट कार्यान्वयनमा शङ्का गर्नु पर्दैन : अर्थमन्त्री

बजेट कार्यान्वयनमा शङ्का गर्नु पर्दैन : अर्थमन्त्री
अ+ अ-

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट स्रोत व्यवस्थापन गरेर मात्र तय गरिएकाले कार्यान्वयनमा शङ्का गर्ने अवस्था नरहेको बताउनुभएको छ ।

शनिबार नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको बजेटपश्चात्को छलफलमा उहाँले बजेटका सिद्धान्त, सीमासमेत पूर्ण पालना गरिएको बताउनुभयो । “स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ । राजस्वको लक्ष्य अनुमानयोग्य आधारमा तय गरिएको छ,” उहाँले भन्नुभयो, “आव सकिनेबेला प्रश्न गर्ने अवस्था आउन दिइने छैन ।”

उहाँले सार्वजनिक ऋणको परिमाणमा चिन्ता जनाउनु अनावश्यक रहेको भन्दै सरकारले सावाँब्याज तिर्नका लागि पुग्ने गरी मात्रै यस्तो ऋण लिने गरी बजेट आएको बताउनुभयो । “स्रोतको विषयमा चिन्ता नगर्नका लागि सबैलाइ आग्रह गर्दछु । यो दुरुपयोग पनि हुने छैन,” उहाँले भन्नुभयो ।

अर्थमन्त्री पौडेलले विगतमा ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको चर्चा गर्दै आगामी आवमा छ प्रतिशतको वृद्धिदर हासिलयोग्य रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको विकासका लागि सबै पक्षमा काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. शिवराज अधिकारीले तीन करोड रुपियाँभन्दा कम लागतका परियोजना केन्द्रीय बजेटमा समावेश नगर्ने नीतिले यस पटक परियोजनामा बजेट विनियोजन गर्ने अभ्यासमा सुधार आएको बताउनुभयो । “सधैँ परियोजनामा बजेट कनिका छरिएको जस्तो थियो । अहिले त्यसमा सुधार गर्न सफलता मिलेको छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटप्रति निजी क्षेत्र उत्साहित हुनु आफैँमा सकारात्मक रहेको बताउनुभयो । बजेटमार्फत सरकारले आर्थिक वृद्धिदर र जनताको जीवनमा पर्ने प्रभावका विषयमा संवेदनशील हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आर्थिक वृद्धिको लक्ष्य भने प्राप्त नहुने दाबी गर्नुभयो । “चालु आवमै १६ खर्ब रुपियाँ खर्च नभएको अवस्थामा चार खर्ब रुपियाँ अधिक बजेट छ । यसैले आगामी आवमा हुने आर्थिक वृद्धिदर चार प्रतिशत नै हो,” उहाँले भन्नुभयो । उहाँले बिजुली र मानिस बिक्री गरेर देश अघि बढ्न नसक्ने भन्दै यसलाई आन्तरिक अर्थतन्त्र विस्तारमा प्रयोग गर्ने क्षमता सरकारमा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी आव २०८२/८३ को बजेट आएको बताउनुभयो । नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्वपूर्ण र ऐतिहासिक भएको उहाँको भनाइ थियो । अब स्रोतसाधन परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

उहाँले खनिजजन्य र नदिजन्य पदार्थको उत्खननमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । बजेटमार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै उहाँले लगानीकर्तालाई एकाद्वारभन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले विषम परिस्थितिमा आएको आगामी आवको बजेट विकासमुखी र केही महत्वाकाङ्क्षी भएको बताउनुभयो । बजेट लगानी प्रवर्धन गर्ने खालको रहेको उहाँको भनाइ छ । बजेटमा तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपियाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको उहाँले बताउनुभयो । नेपाल उद्योग परिसङ्घका पूर्वअध्यक्ष विष्णु अग्रवालले नयाँ बजेट स्वागतयोग्य रहेको बताउनुभयो ।

2