udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पाँच सिमेन्ट कम्पनीको नाफा प्रतिशत बढ्यो

पाँच सिमेन्ट कम्पनीको नाफा प्रतिशत बढ्यो
A A+ A-

काठमाडौं । पुँजी बजारमा सूचीकृत पाँच सिमेन्ट उद्योगले गत आर्थिक वर्ष २०८२/८३ मा कुल २ अर्ब २६ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यी कम्पनीहरूको समग्र नाफा १५.१० प्रतिशत अर्थात् २९ करोड ७८ लाख रुपैयाँले बढेको हो ।

शिवम् सिमेन्ट, घोराही सिमेन्ट इन्डस्ट्रिज, सोनापुर मिनरल्स एन्ड आयल, सर्वोत्तम सिमेन्ट र पाल्पा सिमेन्ट इन्डस्ट्रिजको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा पाँच कम्पनीको कुल खुद नाफा १ अर्ब ९७ करोड १२ लाख रुपैयाँ थियो । यद्यपि, पाँचमध्ये घोराही सिमेन्ट अझै घाटामै रहेको छ ।

नाफा बढे पनि सिमेन्ट उद्योगको समग्र वित्तीय प्रदर्शनमा लागत र बिक्रीबीचको दबाब कायमै देखिएको छ । पाँच कम्पनीले गत वर्ष कुल ३१ अर्ब ३६ करोड २९ लाख रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेका छन् । अघिल्लो वर्ष यस्तो सञ्चालन आम्दानी २९ अर्ब ६ करोड ६१ लाख रुपैयाँ थियो । अर्थात् आम्दानी ७.९० प्रतिशतले बढेको हो ।

यस अवधिमा पाँच कम्पनीको कुल उत्पादन लागत अर्थात् कस्ट अफ सेल्स ६.१० प्रतिशत बढेर २३ अर्ब ९८ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो लागत २२ अर्ब ६० करोड ३० लाख रुपैयाँ थियो । आम्दानी बढे पनि लागतमा भएको वृद्धिले केही कम्पनीको नाफामा दबाब सिर्जना गरेको देखिन्छ ।

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष १ अर्ब १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको १ अर्ब २ करोड ८२ लाख रुपैयाँको तुलनामा कम्पनीको नाफा ७.७० प्रतिशत बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँबाट बढेर १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कस्ट अफ सेल्स ७ अर्ब ५२ करोड ७७ लाख रुपैयाँबाट बढेर ७ अर्ब ९३ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल नाफा २ अर्ब ८१ करोड रुपैयाँबाट बढेर २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

सर्वोत्तमको अन्य आम्दानी १७ करोड ६९ लाख रुपैयाँ पुगेको छ । प्रशासनिक खर्च २५ करोड ७४ लाख, बिक्री तथा वितरण खर्च ६५ करोड ६५ लाख र कुल खर्च १ अर्ब १५ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

५ अर्ब २२ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २१.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ ।

शिवम् सिमेन्टको नाफा घट्यो

शिवम् सिमेन्टको खुद नाफा भने घटेको छ । कम्पनीले गत वर्ष ७८ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ७९ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ७६ करोड ६५ लाख रुपैयाँबाट घटेर ६ अर्ब ९२ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ ।

यद्यपि, कस्ट अफ सेल्स पनि ६ अर्ब ३ करोड ९८ लाख रुपैयाँबाट घटेर ५ अर्ब ३२ करोड ५१ लाख रुपैयाँमा झरेको छ । कुल नाफा १ अर्ब ७२ करोड ६७ लाख रुपैयाँबाट घटेर १ अर्ब ५९ करोड ७५ लाख रुपैयाँ भएको छ ।

शिवमको अन्य आम्दानी १३ करोड ३२ लाख रुपैयाँ रहेको छ । प्रशासनिक खर्च २६ करोड ६० लाख, बिक्री तथा वितरण खर्च ५३ करोड ११ लाख र कुल खर्च ८० करोड ८१ लाख रुपैयाँ रहेको छ ।

५ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १४.०३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.७६ रुपैयाँ रहेको छ ।

घोराही अझै घाटामा, तर नोक्सानी घट्यो

घोराही सिमेन्ट इन्डस्ट्रिजले गत वर्ष ३० करोड ८० लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । यद्यपि, अघिल्लो वर्षको ५५ करोड ४३ लाख रुपैयाँ नोक्सानीको तुलनामा कम्पनीले घाटा उल्लेख्य रूपमा घटाएको छ ।

कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ७२ करोड ९९ लाख रुपैयाँबाट बढेर ५ अर्ब ५ करोड २५ लाख रुपैयाँ पुगेको छ । कस्ट अफ सेल्स भने ४ अर्ब ३ करोड ५२ लाख रुपैयाँबाट घटेर ३ अर्ब ५९ करोड १ लाख रुपैयाँमा झरेको छ ।

यससँगै कम्पनीको कुल नाफा ७१ करोड ४४ लाख रुपैयाँबाट बढेर १ अर्ब १३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । अन्य आम्दानी ४७.७९ प्रतिशत घटेको छ भने प्रशासनिक खर्च २१.०७ प्रतिशत घटेको छ ।

५ अर्ब २ करोड ४४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ६४ करोड ३७ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ६.१३ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १६५.७२ रुपैयाँ रहेको छ ।

सोनापुरको नाफामा ठूलो उछाल

सोनापुर मिनरल्स एन्ड आयलले गत वर्ष ३३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको ४ करोड ७२ लाख रुपैयाँको तुलनामा कम्पनीको नाफा करिब सात गुणाले बढेको हो ।

कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ५९ करोड रुपैयाँबाट बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । कस्ट अफ सेल्स पनि १ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

यद्यपि, आम्दानीसँगै लागत बढे पनि कम्पनीको कुल नाफा ७० करोड १३ लाख रुपैयाँबाट बढेर १ अर्ब २७ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ४४ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १०.९६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २००.८१ रुपैयाँ रहेको छ ।

पाल्पा सिमेन्टको नाफा ५९ प्रतिशत घट्यो

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको खुद नाफा भने ५९ प्रतिशतले घटेको छ । कम्पनीले गत वर्ष ३ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा ९ करोड ७५ लाख रुपैयाँ थियो ।

कम्पनीको सञ्चालन आम्दानी १५.९० प्रतिशत बढेर ४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ११ करोड रुपैयाँ थियो ।

तर आम्दानीको तुलनामा लागत तीव्र रूपमा बढेको छ । कस्ट अफ सेल्स ३ अर्ब १० करोड रुपैयाँबाट बढेर ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । कुल नाफा १ अर्ब ८१ लाख रुपैयाँबाट घटेर ७७ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ ।

३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी १ अर्ब ९ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी १.२३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.१५ रुपैयाँ रहेको छ ।

आम्दानी बढे पनि मार्जिनमा दबाब

पाँच सिमेन्ट उद्योगको समग्र वित्तीय विवरणले सिमेन्ट बजारमा माग तथा बिक्री विस्तारसँगै लागत व्यवस्थापन अझै महत्वपूर्ण चुनौती बनेको देखाउँछ । पाँच कम्पनीको कुल आम्दानी २ अर्ब २९ करोड ६८ लाख रुपैयाँले बढ्दा कस्ट अफ सेल्स पनि १ अर्ब ३७ करोड ९० लाख रुपैयाँले बढेको छ ।

कम्पनीगत रूपमा हेर्दा सर्वोत्तम र सोनापुरले नाफा बढाएका छन् भने शिवम् र पाल्पाको नाफा घटेको छ । घोराही अझै घाटामा रहे पनि अघिल्लो वर्षको तुलनामा नोक्सानी उल्लेख्य रूपमा घटाउन सफल भएको छ ।

यसले समग्र सिमेन्ट उद्योगमा बिक्री विस्तार भए पनि बिक्री वृद्धि मात्रै पर्याप्त नभई लागत नियन्त्रण, क्षमता उपयोग र सञ्चालन दक्षता नै आगामी नाफा वृद्धिको निर्णायक आधार बन्ने संकेत गरेको छ ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action