Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

पर्यटन व्यवसायमा एआई प्रविधिको उपयोग बढाउन तालिम

पर्यटन व्यवसायमा एआई प्रविधिको उपयोग बढाउन तालिम
A A+ A-

काठमाडौँ। पर्यटन क्षेत्रका व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको छ । सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटरर्स (सोट्टो) ले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त पहल दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोगमा दुईदिने कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तालिम प्रदान गरेको हो ।

सोमबार र आज सञ्चालन भएको तालिममा पर्यटन क्षेत्रका ३३ जना प्रतिनिधिको सहभागिता थियो । तालिममार्फत सहभागीलाई पर्यटन व्यवसाय तथा पेसागत कार्यमा ‘जेनरेटिभ एआई’ ( पाठ/लेख, तस्बिर, श्रव्यदृश्य, सङ्गीत वा कोड आफैँ सिर्जना गर्न सक्छ) प्रभावकारी प्रयोगसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

तलिममा डिजिटल मार्केटिङ तथा पर्यटन प्रवर्द्धन, एआईमार्फत सामग्री निर्माण, व्यवसायिक सञ्चार तथा लेखन, कार्यक्षमता र उत्पादकत्व वृद्धि, ग्राहक सेवासुधार तथा पर्यटन व्यवसायमा एआईका व्यावहारिक प्रयोगहरू समावेश गरिएको थियो ।

कार्यक्रममा सोट्टो नेपालका अध्यक्ष मानबहादुर शाहीले एआईसम्बन्धी ज्ञानले पर्यटन व्यवसायीलाई व्यवहारिक तथा प्रभावकारी पर्यटन योजना निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्ता, तालिम आगामी दिनमा लुम्बिनी र जनकपुरमा समेत सञ्चालन गरिने उनले बताए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले एआई आजको महत्वपूर्ण प्रविधि भएको उल्लेख गर्दै पर्यटन क्षेत्रमा यसको प्रयोगले सेवा गुणस्तर अभिवृद्धि हुने बताए । उनले पर्यटन व्यवसायीलाई नयाँ प्रविधिसँग अभ्यस्त भई पर्यटन सेवामा नवप्रवर्तन ल्याउन आग्रह गरे ।

दिगो र प्रविधिमैत्री पर्यटन विकासका लागि यस्ता तालिमले पर्यटन क्षेत्रका व्यवसायी तथा पेसाकर्मीको क्षमता वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

2