Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

रेडक्रस जग्गा खरिद अनियमिततामा पाँच जना पक्राउ

रेडक्रस जग्गा खरिद अनियमिततामा पाँच जना पक्राउ
A A+ A-

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको गोदामघरका लागि जग्गा खरिदमा अनियमितता र ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भक्तपुरका राजेश देशमरु, काठमाडौंका उमेशप्रसाद ढकाल, भक्तपुरका मदनकृष्ण फोजु, सञ्जिव थापा र काठमाडौं बालाजुका इन्द्रबहादुर केसी छन्।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त छानबिन प्रतिवेदन अध्ययनपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो।

सीआईबीका अनुसार रेडक्रसले भक्तपुर–४(क) मा गोदामघरका लागि चार कित्ता गरी ५–१३–३–० रोपनी जग्गा खरिदमा ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरेको थियो। बोलपत्रका सर्तविपरीत बिचौलियामार्फत खरिद गरिएको उक्त रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियालाई दिइएको अनुसन्धानमा खुलेको छ।

त्यसैगरी, नापी कार्यालय भक्तपुरबाट गरिएको जाँचमा कागजातमा उल्लेखित क्षेत्रफलभन्दा वास्तविक जग्गा कम रहेको भेटिएको छ। कागजातमा ५–१३–३–० रोपनी उल्लेख भए पनि फिल्डमा ५–६–२–१ रोपनी मात्रै रहेको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार अनियमितताका कारण रेडक्रसलाई आर्थिक क्षति पुगेको देखिएको छ। भक्तपुर जिल्ला अदालतबाट अनुसन्धान अनुमति लिएर पक्राउ गरिएका पाँचै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ।

घटनामा संलग्न अन्य पदाधिकारी, कर्मचारी तथा बिचौलियाको समेत खोजी भइरहेको सीआईबीले जनाएको छ।

2