Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एनएमबी बैंकको अगुवाइमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

अ+ अ-

काठमाडौं। एनएमबी बैंकको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

एससी पावर कम्पनी प्रालिले कालीकोटको तिला खोलामा निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कुल लागतको ४४ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी हुने भएको छ।

वित्तीय व्यवस्थापनमा एनएमबी बैंक अगुवा बैंकका रूपमा रहेको छ। ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र प्रभु बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन् भने अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले समेत ऋण लगानी गर्नेछन्।

वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा एनएमबी बैंकका सहायक महाप्रबन्धक दिनेश दुलाल र एससी पावरका तर्फबाट सुसन कर्माचार्यले हस्ताक्षर गरेका छन्। एससी पावरको नेतृत्व सुसन कर्माचार्य र उनको समूहले गरिरहेको छ।

आयोजनाको उत्पादन अनुमतिपत्रअनुसार जडित क्षमता ४४० मेगावाट रहेको छ। विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाले २०८७ पुस १५ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गर्नुपर्नेछ।

निजी क्षेत्रको लगानी तथा नेतृत्वमा अघि बढाइएको तिला–१ जडित क्षमताका आधारमा हालसम्मकै ठूलो जलविद्युत आयोजना भएको बैंकले जनाएको छ। आयोजना सञ्चालनमा आएपछि पहिलो वर्ष करिब ११ अर्ब ४० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

एनएमबी बैंकले नेपाल राष्ट्र बैंकको वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार वातावरणीय तथा सामाजिक नीति र व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै आएको जनाएको छ। बैंकले लगानीका वातावरणीय तथा सामाजिक पक्षको मूल्यांकन गरी जिम्मेवार र दिगो लगानीलाई प्राथमिकता दिँदै आएको छ।

एनएमबी बैंकका अनुसार उसले हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ। बैंकले देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

2