Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सीआईबीद्वारा दीपेन्द्र अग्रवालका बैंक खाता रोक्का

अ+ अ-

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाल, उनका परिवारका सदस्य तथा केही व्यावसायिक साझेदारका बैंक खाता रोक्का गरेको छ।

सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाएको, झुटो कारोबार गरेको तथा बजार प्रभावित पारेको आरोपमा सीआईबीले अग्रवालसहित सम्बन्धित व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक अध्ययन तथा सिफारिसका आधारमा सीआईबीले बैंक खाता रोक्का गर्ने कदम चालेको हो। अग्रवालले सस्तो मूल्यमा सेयर खरिद गरी गलत प्रचारमार्फत मूल्य बढाउने र त्यसपछि महँगोमा बिक्री गर्ने गरेको आरोप छ। साथै, वास्तविक स्वामित्व परिवर्तन नगरी आफन्त तथा नजिकका व्यक्तिको नाममा सेयर कारोबार गर्ने गरेको आरोपमा समेत अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा अग्रवालको करिब ५५ अर्ब रुपैयाँ बराबरको नेटवर्थ देखिएपछि सीआईबीले सम्भावित सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाएको छ। यसअघि पनि उनी यही प्रकृतिको कसुरमा १० दिन हिरासतमा बसेर हाजिरी जमानीमा रिहा भएका थिए।

अग्रवाल सिन्धुपाल्चोकस्थित भोटेकोशी हेली रिसोर्टसम्बन्धी विवादमा समेत जोडिएका छन्। बैंकले रिसोर्ट लिलामी प्रक्रिया अघि बढाएपछि कालोसूचीमा पर्नबाट जोगिन फर्जी सञ्चालक समिति गठन गरेको तथा कर्मचारीलाई पारिश्रमिक नदिएको आरोपसहित उजुरी परेको छ।

सीआईबीले अग्रवालमाथि ठगी, झुटो तथा फर्जी सेयर कारोबार, बजार प्रभावित पार्ने गतिविधि र सम्पत्ति शुद्धीकरणलगायत विषयमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

2