Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

वाणिज्य बैंकहरूले करमा ३७ अर्बभन्दा बढी छुट्याए

वाणिज्य बैंकहरूले करमा ३७ अर्बभन्दा बढी छुट्याए
A A+ A-

काठमाडौं। वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८२/८३ मा आयकरका लागि ३७ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी छुट्याएका छन्। बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकले कुल ३७ अर्ब ६२ करोड २ लाख रुपैयाँ आयकरका लागि छुट्याएका हुन्।

यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ९.१३ प्रतिशत अर्थात् करिब ३ अर्ब १४ करोड रुपैयाँ बढी हो। अघिल्लो वर्ष वाणिज्य बैंकहरूले ३४ अर्ब ४७ करोड रुपैयाँ आयकरका लागि छुट्याएका थिए। गत आवमा बैंकहरूको कुल खुद नाफा भने ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ रहेको छ।

आयकरका लागि सबैभन्दा धेरै रकम नबिल बैंकले छुट्याएको छ। बैंकले गत आवमा ३ अर्ब ६० करोड ३१ लाख रुपैयाँ आयकरका लागि छुट्याएको हो। अघिल्लो वर्षको २ अर्ब ९७ करोड रुपैयाँको तुलनामा यो २१.११ प्रतिशत अर्थात् ६२ करोड ८२ लाख रुपैयाँ बढी हो।

ग्लोबल आइएमई बैंक ३ अर्ब ४५ करोड ५५ लाख रुपैयाँ आयकर छुट्याउँदै दोस्रो स्थानमा छ। बैंकको कर दायित्व अघिल्लो वर्षको २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँको तुलनामा ३१.४५ प्रतिशत अर्थात् ८२ करोड ६९ लाख रुपैयाँ बढेको हो।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले ३ अर्ब २ करोड ४६ लाख, कुमारी बैंकले २ अर्ब ९२ करोड ४५ लाख, प्रभु बैंकले २ अर्ब ३१ करोड ८ लाख, एभरेस्ट बैंकले २ अर्ब ३१ करोड ७१ लाख र प्राइम बैंकले २ अर्ब २८ करोड ४१ लाख रुपैयाँ आयकरका लागि छुट्याएका छन्।

कर छुट्याउने रकममा उल्लेख्य वृद्धि गर्ने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनआईसी एशिया, प्रभु बैंक र एनएमबी बैंक रहेका छन्। राष्ट्रिय वाणिज्य बैंकको आयकर १ अर्ब १५ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने सिटिजन्स बैंकले १ अर्ब ३९ करोड ५७ लाख, सानिमाले १ अर्ब ५३ करोड ३८ लाख, एनआईसी एशियाले १ अर्ब ३० करोड ३३ लाख र एनएमबीले १ अर्ब ७९ करोड ५५ लाख रुपैयाँ छुट्याएका छन्।

यता, ९ वटा बैंकको आयकर रकम घटेको छ। कुमारी बैंकले ३५.९६ प्रतिशत घटाएर २ अर्ब ९२ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ। कृषि विकास बैंकको आयकर १२.०२ प्रतिशत घटेर १ अर्ब २ करोड ८१ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १२.२० प्रतिशत घटेर १ अर्ब ३१ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ।

एभरेस्ट बैंकले १०.०९ प्रतिशत घटाएर २ अर्ब ३१ करोड ७१ लाख, हिमालयन बैंकले ६.८० प्रतिशत घटाएर १ अर्ब ५९ करोड ३१ लाख र लक्ष्मी सनराइज बैंकले ५.९७ प्रतिशत घटाएर १ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ आयकरका लागि छुट्याएका छन्।

त्यस्तै, नेपाल एसबीआई बैंकले ८८ करोड ७७ लाख, सिद्धार्थ बैंकले १ अर्ब ५९ करोड ३१ लाख र नेपाल बैंकले १ अर्ब ५३ करोड ११ लाख रुपैयाँ आयकरका लागि छुट्याएका छन्। बैंकहरूको कर प्रावधानमा आएको वृद्धि समग्रमा बैंकिङ क्षेत्रको नाफा र करयोग्य आम्दानीमा भएको परिवर्तनसँग जोडिएको देखिन्छ।

2