Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

के स्टारलिंकले बदल्दैछ विश्वको दूरसञ्चार बजार?

के स्टारलिंकले बदल्दैछ विश्वको दूरसञ्चार बजार?
अ+ अ-

काठमाडौं। संसारकै धनी इलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सले स्टारलिंकलाई केवल स्याटेलाइट इन्टरनेट सेवाबाट अघि बढाएर विश्वव्यापी दूरसञ्चार पूर्वाधारका रूपमा विकास गर्ने संकेत तीव्र बनाएको छ।

१७ अर्ब अमेरिकी डलरमा इकोस्टारको वायरलेस स्पेक्ट्रम खरिद गरेपछि स्टारलिंकको आगामी रणनीतिबारे थप स्पष्ट संकेत देखिएका हुन्।

मस्कले हालै स्टारलिंकले दीर्घकालमा घरको इन्टरनेट र मोबाइल सेवा एउटै संरचनामा जोड्न सक्ने बताएका छन्। उनले एटी एन्ड टी, टी–मोबाइल र भेरिजोनजस्ता ठूला अमेरिकी मोबाइल कम्पनीलाई तत्काल चुनौती दिने अवस्था नरहेको बताए पनि थप स्पेक्ट्रम प्राप्त गर्ने सम्भावनाका रूपमा भेरिजोन नै खरिद गर्न सकिने संकेतसमेत गरेका छन्।

यो कदम सामान्य स्पेक्ट्रम खरिदभन्दा ठूलो रणनीतिक परिवर्तनका रूपमा हेरिएको छ। स्पेसएक्सले नयाँ स्पेक्ट्रम प्रयोग गरेर आफ्ना भू–उपग्रहलाई ‘अन्तरिक्षमा रहेका मोबाइल टावर’ जस्तै बनाउने लक्ष्य राखेको छ। यसबाट विशेष उपकरण वा स्याटेलाइट डिशबिनै मोबाइल फोनमा सिधै इन्टरनेट, सन्देश र अन्य सञ्चार सेवा पुर्‍याउन सकिनेछ।

हाल स्पेसएक्सका करिब ८ हजार १४० भू–उपग्रह कक्षामा छन्, जसमध्ये ६५७ वटा मोबाइल फोनसँग सिधै जोडिने प्रविधिका लागि प्रयोग भइरहेका छन्। नयाँ स्पेक्ट्रमले यस्तो सेवाको क्षमता उल्लेख्य रूपमा बढाउने अपेक्षा छ। यद्यपि, इकोस्टारको स्पेक्ट्रम प्रयोग गर्न मोबाइल फोनमै सम्बन्धित फ्रिक्वेन्सी समर्थन गर्ने चिप आवश्यक पर्ने भएकाले यसका लागि करिब दुई वर्ष लाग्न सक्ने मस्कको अनुमान छ।

भारतमा पनि बढ्दै दबाब

भारतमा स्टारलिंकले आवश्यक अधिकांश अनुमति पाए पनि व्यावसायिक सेवा सुरु हुन अझै बाँकी छ। मस्कले ग्रामीण तथा कमजोर कनेक्टिभिटी भएका भारतीय क्षेत्रमा स्टारलिंकले ठूलो योगदान गर्न सक्ने बताएका छन्।

स्टारलिंकले भारतमा सञ्चालन अनुमति पाए पनि सुरक्षा चिन्ताका कारण औपचारिक सुरुवात रोकिएको बताइएको छ। भारतीय सरकारले देशभित्र उत्पन्न वा भारतमा समाप्त हुने सबै डाटा भारतीय भूभागमै रहेका स्याटेलाइट गेटवेबाट प्रवाह हुनुपर्ने व्यवस्था गरेको छ।

भारतले स्याटेलाइट सञ्चार कम्पनीलाई स्थानीय उत्पादन बढाउन, डाटा भारतमै राख्न, भारतीय नेभिगेसन प्रणाली प्रयोग गर्न, आवश्यक परे सेवा रोक्न सक्ने संयन्त्र राख्न तथा सुरक्षा निकायसँग सहकार्य गर्नुपर्ने व्यवस्था गरेको छ।

भारतमा स्टारलिंकसँगै वनवेब, जियो स्याटेलाइट कम्युनिकेसन्स र अमेजन लियो पनि स्याटेलाइट सञ्चार बजारमा प्रतिस्पर्धामा छन्।

दूरसञ्चार कम्पनीका लागि नयाँ प्रतिस्पर्धा

यसअघि स्याटेलाइट सेवा मुख्यतः ग्रामीण तथा दुर्गम क्षेत्रमा मोबाइल सञ्जालको पूरकका रूपमा हेरिन्थ्यो। अब भने प्रश्न बदलिएको छ-स्याटेलाइट कम्पनीले मोबाइल ग्राहक नै प्रत्यक्ष रूपमा लिन थाले भने परम्परागत मोबाइल सेवा प्रदायकको व्यवसायिक मोडल के हुन्छ ?

स्टारलिंकले थप स्पेक्ट्रम प्राप्त गर्ने, मोबाइलमा सिधै जोडिने क्षमता विस्तार गर्ने र परम्परागत दूरसञ्चार कम्पनीसँग साझेदारी गर्ने हो भने स्याटेलाइट कम्पनी, इन्टरनेट प्रदायक र मोबाइल सेवा प्रदायकबीचको सीमा निकै धमिलो बन्न सक्छ।

भविष्यमा एउटै ग्राहकलाई जमिनमा आधारित सञ्जाल, स्याटेलाइट र अन्य सञ्जालबाट निर्बाध सेवा दिनुपर्ने अवस्था आउन सक्छ। यसले दूरसञ्चार कम्पनीको बिलिङ, ग्राहक व्यवस्थापन, सेवा सञ्चालन र सञ्जाल व्यवस्थापन प्रणालीलाई समेत नयाँ ढाँचामा लैजानुपर्नेछ।

स्टारलिंकको वास्तविक मूल्य कहाँ छ ?

स्टारलिंकको मूल्यांकन परम्परागत दूरसञ्चार कम्पनीसँग तुलना गर्दा असाधारण देखिन्छ। तर लगानीकर्ताले यसलाई केवल इन्टरनेट सेवा प्रदायकका रूपमा हेरेका छैनन्। यसको सम्भावित मूल्य विश्वव्यापी डिजिटल पूर्वाधारको पहिलो ठूलो तह बन्न सक्ने क्षमतामा देखिन्छ।

मानव इतिहासमा सञ्चार सधैं भूगोलसँग बाँधिएको थियो। सडकले सहर जोड्यो, रेलले देश जोड्यो, फाइबरले व्यवसाय जोड्यो र मोबाइल टावरले मानिस जोड्यो। स्टारलिंकले भने पहिलोपटक पृथ्वीको सतहभन्दा माथिबाट जहाँसुकै कनेक्टिभिटी पुर्‍याउने पूर्वाधार निर्माण गरिरहेको छ।

प्रशान्त महासागरको जहाज, आर्कटिक क्षेत्रमा रहेको कार्गो, अफ्रिकाको गाउँ, अस्ट्रेलियाको खानी, एट्लान्टिकमाथिको विमान वा भारतको ग्रामीण क्षेत्रमा रहेको मोबाइल-सबैलाई एउटै अन्तरिक्षीय पूर्वाधारबाट जोड्ने सम्भावना यसको सबैभन्दा ठूलो व्यावसायिक शक्ति हो।

यही कारण स्टारलिंकको भविष्य केवल ‘स्याटेलाइट इन्टरनेट’को कथा होइन। यो विश्वव्यापी दूरसञ्चार बजारको संरचना नै बदल्ने दौड बन्न थालेको छ।

2