Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण

मौरीको घारमा ‘सानो खपटे कीरा’को सङ्क्रमण
फाईल फोटो
A A+ A-

चितवन। चितवन र मकवानपुरका व्यावसायिक रूपमा पालन गरिएका मौरीका घारमा विनाशकारी मानिने ‘सानो खपटे कीरा’ (स्मल हाइभ बिटल)को सङ्क्रमण फैलिएको छ ।

वर्षायाममा प्राकृतिक आहार (रस र पराग)को कमीले मौरीका गोला कमजोर हुनुका साथै घारभित्र राखिने कृत्रिम पोलनमा कीरा आकर्षित हुने भएकाले यसको सङ्क्रमण बढेको हो ।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाईँका अनुसार घारमा धेरै समयसम्म पोलन सञ्चय भइरहँदा खपटे कीराले त्यहीँ फूल पारेर लार्भा हुर्काउने भएकाले घारहरूमा यसको सङ्क्रमण फैलिएको छ । उनले पूर्वी चितवन र मकवानपुरको हेटौँडा तथा मनहरी क्षेत्रमा व्यावसायिक रूपमा पालिएका ‘एपिस मेलिफेरा’ विकासे जातका मौरीका घारमा यो समस्या बढी देखिएको जानकारी दिनुभयो ।

प्रमुख अङ्गाईँले भन्नुभयो, “यो कीरा निकै विनाशकारी हुन्छ । यसले मौरीले सञ्चय गरेको मह, कुट र मैन सबै नष्ट गरिदिन्छ । जसले किसानको व्यवसायमा नकारात्मक असर पुर्याउने जोखिम रहन्छ । त्यसैले कार्यालयबाट र अन्य प्राविधिकहरूको समन्वयमा किसानको घारमै पुगेर नियन्त्रणका लागि प्रविधिसहित  निरन्तर पहल गरिरहेका छौँ ।” निरीक्षण गर्दा घारमा खपटे तथा लार्भा देखिने, चाका लार्भाले बिगारेको, महमा अमिलो गन्ध आउनेलगायत लक्षण देखिने उनले जानकारी दिए ।

वर्षायाममा वातावरणमा रस र परागको अभाव हुने भएकाले किसानहरूले मौरीलाई भटमास, चनाको सातु, मल्टिभिटामिन र चिनीको चास्नी मिसाएर कृत्रिम आहार (पोलन) दिने गर्दछन् । यही बेला सानो खपटे कीरा बढी आकर्षित हुने भएकाले थप सावधानी अपनाउनुपर्ने प्रमुख अङ्गाईँको भनाइ छ ।

उनले भने, “सङ्क्रमण बढी भएका घारमा एकैपटक धेरै पोलन राख्दा कीराले त्यसमा फूल पार्ने र लार्भा हुर्काउने जोखिम हुन्छ । त्यसैले मौरीलाई बचाउन पुग्नेगरी थोरै मात्रामा मात्र पोलन दिनुपर्छ । ताकि घारमा धेरै समयसम्म पोलन सञ्चय हुन नपाओस् ।”

सानो खपटे कीराको व्यवस्थापनका लागि मौरीको गोला मजबुत र बलियो राख्नु उत्तम विकल्पका रूपमा रहेको प्रमुख अङ्गाईँले बताए । उनका अनुसार घारको नियमित सरसफाइ र निरीक्षण यसको नियन्त्रणको मुख्य विधि हो । घारभित्र रहेका सङ्क्रमित तथा पुराना चाका र फोहर तुरुन्त हटाउने, मौरीले ओगट्न नसक्ने अनावश्यक खाली चाका वा फ्रेमहरू नराख्ने र वयस्क कीरा वा लार्भाहरू देखिएमा नष्ट गर्नुपर्ने उनको सुझाव छ ।

त्यसैगरी, खपटे कीराको रोकथामका लागि बेलाबेलामा घारको कुना तथा ढकनी सरसफाइ र निरीक्षण गर्न, घारलाई घाम लाग्ने र सुक्खा ठाउँमा राख्न तथा गुणस्तरीय रानी मौरीको प्रयोग गर्न आग्रह गरिएको छ ।

खपटे कीराको लार्भा माटोमा गएर प्युपा बन्ने भएकाले घार वरपरको माटो खनजोत गर्ने, ‘बिटल ट्र्याप’ को प्रयोग गर्ने र एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) पद्धति अपनाउन प्रमुख अङ्गाईँले सुझाव दिए।

2