Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति

अ+ अ-

काठमाडौं। नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानबीच १४ बुँदे सहमति भएको छ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महाअभियानबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सहसचिव लिलाधर सुवेदी तथा महाअभियानका तर्फबाट विष्णु बोहरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।

सहमति भएसँगै महाअभियानले सञ्चालन गर्दै आएका धर्ना, प्रदर्शन तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारदेखि नै अन्त्य गर्ने निर्णय भएको छ।

ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको दुवै पक्षले जनाएका छन्।

१४ बुँदे सहमतिमा महाअभियानले उठाउँदै आएका विभिन्न माग तथा सरकारबाट गरिने पहल र सम्बोधनका विषय समेटिएका छन् । सहमतिपछि महाअभियानले आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ।

2