Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

उत्पादन घटेसँगै बजारमा अण्डाको मूल्य हालसम्मकै उच्च

उत्पादन घटेसँगै बजारमा अण्डाको मूल्य हालसम्मकै उच्च
अ+ अ-

काठमाडौं। उत्पादन घटेसँगै बजारमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

बर्डफ्लु, अत्यधिक गर्मी र उत्पादन लागत वृद्धिका कारण करिब १३ लाख लेयर्स कुखुरा नष्ट भएपछि आपूर्ति प्रभावित भएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।

संघका सचिव मदन पोखरेलका अनुसार एक महिनामै प्रतिक्रेट अण्डाको मूल्य ७५ रुपैयाँसम्म बढेको छ। हाल एक्सएल अण्डा ५९० रुपैयाँ, ठूलो ५७५ रुपैयाँ, मिडियम ५२० रुपैयाँ र सानो अण्डा ४४८ रुपैयाँ प्रतिक्रेट पुगेको छ।

यसअघि अण्डाको मूल्य प्रतिक्रेट ५७० रुपैयाँभन्दा माथि पुगेको थिएन। दैनिक उत्पादनसमेत २८ हजार कार्टुनबाट घटेर २२ हजारमा सीमित भएको छ।

चल्लाको अभाव, ह्याचरी उद्योग बन्द हुनु र बर्डफ्लुका कारण किसानले नयाँ चल्ला राख्न नसक्दा उत्पादन घटेको हो। नेपाल ह्याचरी उद्योग संघका अनुसार दुई वर्षअघि ३५४ रहेको ह्याचरी उद्योगको संख्या अहिले ११० मा झरेको छ।

2