Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

वैदेशिक रोजगारीमा जाने बढे

वैदेशिक रोजगारीमा जाने बढे
A A+ A-

काठमाडौं। सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने नीति अघि सारिरहेका बेला चालु आर्थिक वर्षको पहिलो महिनामै ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्।

वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका छन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २५ हजार ९७५ ले बढी हो। गत साउनमा ४४ हजार ४६६ जनाले श्रम स्वीकृति लिएका थिए।

यसपटक श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष अर्थात् ८५.८ प्रतिशत र ९ हजार ९६९ महिला अर्थात् १४.२ प्रतिशत छन्।

यूएई नेपाली कामदारको प्रमुख गन्तव्य बनेको छ। साउनमा यूएईका लागि १८ हजार ७८४ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, मलेसियाका लागि १२ हजार ४९८, कतारका लागि १० हजार ३६०, साउदी अरबका लागि ८ हजार ६१३, कुवेतका लागि ४ हजार ५६७ र रोमानियाका लागि २ हजार ९०८ जनाले स्वीकृति लिएका छन्।

जिल्लागत रूपमा धनुषा पहिलो स्थानमा छ। धनुषाबाट ३ हजार ३६८ जनाले श्रम स्वीकृति लिँदा झापाबाट ३ हजार १४५, सिरहाबाट २ हजार ८३५ र महोत्तरीबाट २ हजार ६२९ जनाले स्वीकृति लिएका छन्।

कामदारको वर्गीकरणमा ४० हजार ४९६ दक्ष, १७ हजार ९९९ अदक्ष र ११ हजार ४६५ अर्धदक्ष छन्। उच्च दक्ष १०३ र व्यावसायिक क्षेत्रमा ३७८ जनाले श्रम स्वीकृति लिएका छन्।

प्रक्रियागत रूपमा २१ हजार ४४७ जनाले म्यानपावर कम्पनीमार्फत, २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति, १२ हजार ४४२ जनाले व्यक्तिगत रूपमा र ७१२ जनाले जी–टु–जी प्रणालीमार्फत स्वीकृति लिएका छन्।

2