Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis

सरकारको राजस्व लक्ष्य अझै टाढा

सरकारको राजस्व लक्ष्य अझै टाढा
A A+ A-

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको ३५ दिनमा सरकारले एक खर्ब ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा ९६ अर्ब र आर्थिक वर्ष २०८१/८२ मा एक खर्ब रुपैयाँ संकलन भएको थियो। वृद्धिदरमा सुधार देखिए पनि सरकारको लक्ष्यअनुसारको गति भने देखिएको छैन।

अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेका छन्। कर प्रशासनलाई ‘मिसन १६ खर्ब’तर्फ अघि बढाउने उनको घोषणा छ। आर्थिक वर्षको ९.५ प्रतिशत अवधि सकिँदा वार्षिक लक्ष्यको ६.७ प्रतिशत मात्रै राजस्व उठेको छ।

साउनमा भन्सार र गैरकर राजस्वमा सुधार भए पनि आन्तरिक राजस्व कमजोर देखिएको छ। आन्तरिक राजस्व विभागले करिब ४७ अर्ब रुपैयाँ उठाएको छ, जुन गत वर्षको ४७ अर्ब ६४ करोडको तुलनामा १.३ प्रतिशत कम हो। सरकारले भने साउनमा ५९ अर्ब ६८ करोड रुपैयाँको लक्ष्य राखेको थियो।

भ्याट र अन्तःशुल्क लक्ष्यभन्दा पछाडि

साउनमा आन्तरिक भ्याट १४ अर्ब ८२ करोड रुपैयाँ संकलन भएको छ। गत वर्ष १३ अर्ब ६९ करोड उठेकोमा यस वर्ष ८.२ प्रतिशत बढे पनि १६ अर्ब ६२ करोडको लक्ष्यभन्दा करिब ११ प्रतिशत कम हो।

अन्तःशुल्क ९ अर्ब ८५ करोड रुपैयाँ उठेको छ, जुन गत वर्षभन्दा ५ प्रतिशत बढी हो। तर १२ अर्ब ३४ करोडको लक्ष्यभन्दा २१ प्रतिशत कम हो। उपभोग तथा कारोबारसँग प्रत्यक्ष जोडिएका यी दुई करमा वृद्धिदर भए पनि लक्ष्यअनुसारको विस्तार देखिएको छैन।

आयकरतर्फ भने संकलन १२ प्रतिशत घटेको छ। गत वर्षको १६ अर्ब ५२ करोडबाट यस वर्ष १४ अर्ब ८२ करोडमा झरेको छ, जुन लक्ष्यभन्दा करिब ३० प्रतिशत कम हो। बहाल कर १.४ प्रतिशत बढ्दा ब्याज आयकर ३.९ प्रतिशत घटेर ५ अर्ब ४८ करोडमा सीमित भएको छ।

भन्सारले धानेको राजस्व

भन्सार राजस्व करिब ११ प्रतिशत बढेर ४० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। तर आयात ३१ प्रतिशत बढ्दा भन्सार राजस्वको वृद्धि त्यसको तुलनामा कमजोर देखिन्छ। गैरकर राजस्व भने ३ अर्ब ७९ करोडबाट बढेर ७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

साउनको कुल राजस्व ९ प्रतिशत बढेर ९२ अर्ब २२ करोड पुगेको छ। तर पछिल्ला वर्षमा साउनको वृद्धिमा ठूलो उतारचढाव देखिन्छ-२०७८/७९ मा ५८ प्रतिशत वृद्धि, २०७९/८० मा १४ प्रतिशत गिरावट, २०८०/८१ मा १ प्रतिशत गिरावट, २०८१/८२ मा २० प्रतिशत वृद्धि र गत वर्ष १० प्रतिशत गिरावट।

सरकारले भदौदेखि राजस्व सुधार हुने अपेक्षा गरेको छ। आयात वृद्धि र राजस्व प्रशासनमा सुधारले भदौ-असोजमा संकलन बढ्ने आन्तरिक राजस्व विभागका अधिकारीहरूको दाबी छ।

2