udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सेयर कारोबारले बैंकको ट्रेडिङ कमाइ बढायो

सेयर कारोबारले बैंकको ट्रेडिङ कमाइ बढायो
A A+ A-

काठमाडौं । वाणिज्य बैंकहरूको वित्तीय बजार कारोबारबाट हुने आम्दानीमा उल्लेख्य सुधार आएको छ । सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा तथा अन्य वित्तीय उपकरणको कारोबारबाट बैंकहरूले गत आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । ब्याज आम्दानीमा दबाब रहे पनि ट्रेडिङसहित गैरब्याज आम्दानी बढ्दा बैंकहरूको समग्र नाफा उकासिएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा २० वाणिज्य बैंकले कुल १३ अर्ब ११ करोड ४५ लाख रुपैयाँ नेट ट्रेडिङ आम्दानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको ९ अर्ब ३६ करोड ९२ लाख रुपैयाँको तुलनामा ३९.९७ प्रतिशत बढी हो ।

बैंकहरूले वित्तीय बजारमा सक्रिय भएर कारोबार गर्दा यस्तो आम्दानी बढेको हो । विशेषगरी मुद्रा बजार, ट्रेजरी बिल तथा सरकारी ऋणपत्र र विदेशी विनिमय कारोबारबाट बैंकहरूले राम्रो प्रतिफल हात पारेका छन् । सेयर तथा अन्य वित्तीय उपकरणको कारोबारबाट हुने नाफाले पनि ट्रेडिङ आम्दानी बढाउन भूमिका खेलेको छ ।

नेपाल राष्ट्र बैंकले नन–डेलिभरेबल फर्वार्ड (एनडीएफ) लगायतका वित्तीय उपकरणमा बैंकहरूले गर्न पाउने कारोबारको सीमा बढाएपछि पनि केही बैंकको ट्रेडिङ आम्दानीमा सुधार आएको देखिन्छ ।

बैंकले सेयर, सरकारी ऋणपत्र, विदेशी मुद्रा वा अन्य वित्तीय उपकरण खरिदबिक्री गर्दा भएको नाफा तथा घाटा समायोजन गरेपछि बाँकी रहने रकमलाई नेट ट्रेडिङ आम्दानीका रूपमा गणना गरिन्छ । पछिल्लो समय कर्जा विस्तार र ब्याजदरबाट हुने आम्दानीमा दबाब देखिएपछि बैंकहरूका लागि यस्तो गैरब्याज आम्दानी महत्वपूर्ण बन्दै गएको छ ।

गत आर्थिक वर्षमा २० वाणिज्य बैंकको कुल खुद नाफा ६९ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ३२.३२ प्रतिशतको वृद्धि हो । बैंकहरूको नाफा बढाउन ब्याज आम्दानीसँगै ट्रेडिङ, शुल्क तथा कमिसनलगायत गैरब्याज आम्दानीले पनि टेवा दिएका छन् ।

ट्रेडिङ तथा गैरब्याज आम्दानीतर्फ ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकले गत आर्थिक वर्षमा यस्तो स्रोतबाट १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४२.२३ प्रतिशत बढी हो ।

त्यस्तै नबिल बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि गैरब्याज आम्दानीतर्फ १ अर्ब रुपैयाँभन्दा बढी कमाएका छन् ।

वृद्धिदर हेर्दा भने राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा यस्तो आम्दानी १३८.९३ प्रतिशतले बढाएको छ ।

तर सबै बैंकको अवस्था भने समान छैन । कृषि विकास बैंकको यस्तो आम्दानी ७२.७२ प्रतिशतले घटेको छ ।

समग्रमा हेर्दा बैंकहरूको आम्दानीको संरचना विस्तारै परिवर्तन हुँदै गएको देखिन्छ । कर्जाको ब्याजबाट मात्रै नाफा बढाउने परम्परागत मोडलमा दबाब बढिरहेका बेला सेयर, विदेशी मुद्रा, सरकारी ऋणपत्र र अन्य वित्तीय बजारका कारोबार बैंकहरूको अतिरिक्त आम्दानीको महत्वपूर्ण आधार बन्दै गएका छन् । आगामी दिनमा ब्याजदर, सेयर बजारको अवस्था र विदेशी मुद्रा कारोबारमा हुने उतारचढावले बैंकहरूको ट्रेडिङ आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action