Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चुनावपछि पनि पुँजीबजारले गति लिन सकेन : गगन थापा

चुनावपछि पनि पुँजीबजारले गति लिन सकेन : गगन थापा
A A+ A-

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले चुनावपछि पुँजीबजारले अपेक्षाअनुसार गति लिन नसकेको बताएका छन्।

आइतबार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालको पुँजीबजार : आर्थिक लगानीको आधार’ विषयक कार्यक्रममा बोल्दै थापाले चुनावपछि पुँजीबजारमा सुधार आउने अपेक्षा गरिए पनि त्यसअनुसार अघि बढ्न नसकेको बताएका हुन्।

उनले पुँजीबजार अपेक्षाअनुसार चल्न नसक्नुका कारण पहिचान गरी तत्काल सुधार गर्न सकिने विषयमा गम्भीर बहस आवश्यक रहेको बताए। उनका अनुसार संसद्मा प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले पुँजीबजारसँग सम्बन्धित विषयलाई प्रभावकारी रूपमा उठाउनुपर्छ।

‘चुनावपछि पुँजीबजार सबैभन्दा राम्रोसँग अघि बढ्छ भन्ने अनुमान गरिएको थियो। सबैमा अत्यन्तै उत्साह र अपेक्षा थियो। तर दुर्भाग्यवश हाम्रो पुँजीबजार जसरी जानुपर्ने हो, त्यसरी जान सकेको छैन,’ थापाले भने।

उनले पुँजीबजारमा देखिएका समस्या, त्यसका कारण र तत्काल गर्न सकिने सुधारका विषयमा छलफल गरी संसद्मा कांग्रेसको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

‘हामी अहिले राज्यको प्रतिपक्षको जिम्मेवारीमा छौँ। संसद्मा हाम्रा केही जिम्मेवारी छन्। ती विषयलाई कसरी प्रभावकारी रूपमा उठाउन सक्छौँ भन्नेमा छलफल गरौँ भन्ने उद्देश्य हो,’ उनले भने।

थापाले कांग्रेसका नेता तथा कार्यकर्तालाई पुँजीबजारबारे जानकारी र शिक्षा दिनुका साथै यस क्षेत्रप्रति पार्टीको स्पष्ट र व्यापक दृष्टिकोण निर्माण गर्न आवश्यक रहेको बताए। उनका अनुसार पुँजीबजारलाई आर्थिक लगानीको आधारका रूपमा विकास गर्न नीतिगत सुधार र प्रभावकारी संसदीय बहस आवश्यक छ।

2