udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पाल्पाली ढाकालाई विश्व ‘ब्राण्ड’ बनाउने लक्ष्यमा अनुशेष

पाल्पाली ढाकालाई विश्व ‘ब्राण्ड’ बनाउने लक्ष्यमा अनुशेष
A A+ A-

रामचन्द्र रायमाझी

पाल्पा। तानसेन नगरपालिका(४ सिल्खानटोलका ढाका उद्योगी अनुशेष रायमाझी यतिबेला पाल्पाली ढाकालाई विश्व ब्राण्ड (उत्पादनको पहिचान) बनाउने लक्ष्यका साथ अगाडि बढेका छन् । लामो समयदेखि पाल्पामै सीमित बन्दै आएको ढाकालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउने गरी उनले योजनासहित काम गरिरहेको हो ।

पाल्पाली ढाका भन्नासाथ मौलिक पहिचान, परम्परागत बुनाइ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप हो । यही पहिचानलाई समयानुकूल बनाउँदै नयाँ पुस्ताको रोजाइमा पर्ने र विश्वबजारसम्म पुर्‍याउने अभियानमा लागेको रायमाझीले बताउनुभयो । बुवा हरि रायमाझीले पाल्पामा स्थापित गरेको सरस्वती ढाका कपडा उद्योग उनले सम्हाल्दै आएको छ ।

उक्त उद्योगलाई थप परिपार्जन गर्दै जिल्लामै सीमित पाल्पाली ढाका उद्योगलाई ब्राण्डिङ गर्दै विश्व बजारसम्म पुर्‍याउन आफू लागिपरेको अनुशेषले बताए । परम्परागत ढाकाको मौलिकता जोगाउँदै आधुनिक डिजाइन, व्यावसायिक उत्पादन र नयाँबजार खोज्ने यात्रामा आफू अगाडि बढेको उनको भनाइ छ ।

विसं २०७८ मा तत्कालीन उद्योग मन्त्रालयबाट ‘पाल्पाली’ ब्रान्ड पाए पनि जिल्लामै सीमित बन्न पुगेको अवस्थामा रायमाझीले राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्दै अन्तरराष्ट्रिय बजारसम्म पुर्‍याउन योजनाबद्ध र निरन्तर काम गरिरहेको बताए ।

पाल्पाली ढाकालाई विश्वबजारमा स्थापित गर्न सकियो भने त्यसले पाल्पाको अर्थतन्त्र, स्थानीय रोजगारी, पर्यटन र नेपाली हस्तकलाको अन्तरराष्ट्रिय पहिचानमा योगदान पुर्‍याउनसक्ने भएकाले विश्व ब्रान्ड बनाउने अभियानमा लागेको उनले बताए ।

रायमाझीले भने, “ढाकालाई विश्व ब्रान्डिङ गर्न सकियो भने पाल्पा घुम्न आउने पर्यटकले ढाकालाई सम्झनाका रूपमा मात्र नभई नेपालको मौलिक जीवनशैली र संस्कृतिको प्रतिनिधिका रूपमा घर लैजानसक्ने अवस्था सिर्जना हुन सक्छ । विदेशमा बस्ने नेपालीका लागि यो आफ्नो माटोसँग जोडिने माध्यम बन्न सक्छ । अझ अन्तरराष्ट्रिय ग्राहकका लागि भने यो नेपालबाट आएको एउटा विशिष्ट, हस्तनिर्मित उत्पादनका रूपमा स्थापित हुन सक्छ ।”

उनको योजना परम्परागत ढाकाको पहिचानलाई जोगाएर त्यसमा आधुनिक डिजाइन र बजारको मागअनुसार नयाँपन थप्ने हो । डिजिटल रूपमा बजारीकरण, प्रविधि र अन्तरराष्ट्रिय बजारको सम्भावनालाई उपयोग गर्दै पाल्पाली ढाकालाई नेपालभित्र मात्र नभई विदेशमा समेत चिनाउन आफू लागेको उनले उल्लेख गरे ।

अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट

रायमाझी अमेरिकी दूतावासको उत्कृष्ट २० उद्यमीमा छनोट भएको छ । उनीअमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित ‘युएस एम्बेसी इन्टरप्रेनरसीप स्किल डेभलपमेन्ट प्रोग्राम-क्यापस्टोन एक्सेलेरेटर’का लागि देशभरबाट छनोट भएका उत्कृष्ट २० उद्यमीमा परेको हो ।

कार्यक्रमका लागि देशभरबाट ८०० भन्दाबढी आवेदन परेको थियो । सात प्रदेशका विभिन्न सहरमा सञ्चालन गरिएको क्षेत्रीय कार्यक्रमबाट २०० भन्दाबढी उद्यमी छनोट गरी प्रशिक्षण दिइएको थियो । व्यावसायिक सम्भावना, नवप्रवर्तन, बजार विस्तार, उद्यमीको प्रतिबद्धता र भविष्यको योजनाका आधारमा गरिएको प्रतिस्पर्धात्मक छनोटबाट २० जना उद्यमी काठमाडौँमा आयोजित तीनदिने आवासीय क्यापस्टोन एक्सेलेरेटर (द्रुत विकास कार्यक्रम) का लागि छनोट भएको हो ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी रायमाझीले पाल्पाली ढाकाको मौलिक पहिचान संरक्षण गर्दै आधुनिक डिजाइन, व्यावसायिक उत्पादन, रोजगारी सिर्जना र राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजार विस्तारको योजना प्रस्तुत गरेको थियो ।

क्यापस्टोन एक्सेलेरेटरमा व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, एआईको प्रयोग, डिजिटल मार्केटिङ (अनलाइन बजारीकरण) तथा अन्तरराष्ट्रिय बजारमा पहुँचलगायत विषयमा प्रशिक्षण र बजारीकरणका उपायका बारेमा जानकारी पाएको रायमाझीले जानकारी दिए । अन्तिम चरणमा उनले लगानीकर्ता, उद्योगी तथा उद्यमशीलता क्षेत्रका विज्ञसमक्ष सरस्वती ढाकाको व्यवसायिक यात्रा र भविष्यको विस्तार योजनाबारे प्रस्तुति दिएको थियो ।

क्यापस्टोन एक्सेलेरेटर अमेरिका(नेपाल व्यावसायिक कूटनीति शृङ्खलाअन्तर्गत सञ्चालित कार्यक्रम हो । कार्यक्रमले नेपाली उद्यमीलाई व्यावसायिक योजना, डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता ९एआई०, लगानी तयारी, बजार विस्तार र निर्यातसम्बन्धी व्यावहारिक ज्ञान तथा बजारीकरणको अवसर प्रदान गर्दै आएको छ ।

उत्कृष्ट २० उद्यमीमध्ये रायमाझीको छनोटलाई पाल्पाको परम्परागत ढाका उद्योगका लागि मात्र नभई स्थानीय सीप, महिला उद्यमशीलता र मौलिक उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

सीपबाट रोजगारीसम्म

रायमाझीका अनुसार सरस्वती ढाका कपडा उद्योगमा अहिले ४५ जना महिलाले प्रत्यक्ष रूपमा रोजगारी गरिरहेका छन् । उनले परम्परागत बुनाइ सीपलाई निरन्तरता दिँदै स्थानीय महिलाका लागि आयआर्जनको अवसरसमेत सिर्जना गरेको छ ।

उनको उद्योगमा परम्परागत ढाका कपडासँगै टोपी, शल, साडी तथा विभिन्न जीवनोपयोगी सामग्री उत्पादन हुँदै आएका छन् । उद्योगमार्फत ढाकालाई केबल परम्परागत पोशाकको सीमाबाट बाहिर निकालेर आधुनिक जीवनशैलीसँग जोड्ने प्रयासलाई पनि अघि बढाउँदै लैजाने उनले प्रतिबद्धता जनाए ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action