Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हुप्सेकोटबाट ३० करोडभन्दा बढीको काँक्रो बिक्री

हुप्सेकोटबाट ३० करोडभन्दा बढीको काँक्रो बिक्री
अ+ अ-

नवलपरासी पूर्व (नवलपुरको) एउटै पालिकाबाट ३० करोड रुपिँयाभन्दा बढीको काँक्रो बिक्री भएको छ । यहाँको हुप्सेकोट गाउँपालिकाबाट मात्रै ३० करोड ५० लाख रुपिँया बराबरको काँक्रो बिक्री भएको हो । त्यस्तै, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका समेत गरेर ३८ करोड रुपिँया बराबरको काँक्रो बिक्री भएको छ ।

यस क्षेत्रमा भक्तपुरे स्थानीय जातको काँक्रो खेति राम्रो हुने हुँदा किसानले दुई सिजन काँक्रो खेति गर्दै आएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई नवलपुरका कृषि अधिकृत रणबहादुर महतोले चालु वर्षको दुई सिजनमा हुप्सकोट गाउँपालिका र कावासोती नगरपालिकामा सामूहिक तथा व्यक्तिगत फर्महरूबाट चार हजार ७६ मेट्रिक टन काँक्रो उत्पादन भएको जानकारी दिनुभयो ।

यस क्षेत्रका १४ वटा कृषि समूह तथा व्यक्तिगत फर्मले उत्पादन गरेको काँक्रो बिक्रीबाट कूल ३८ करोड रुपिँया बराबरको कारोबार भएको कृषि अधिकृत महतोले जानकारी दिनुभयो ।

व्यक्तिगत फर्मतर्फ हुप्सेकोट ३ मा रहेको थमन कृषि फर्मले मात्रै ८० लाख रुपिँयाको काँक्रो बिक्री गरेको कृषि अधिकृत महतोले बताउनुभयो ।

यस्तै कृषि समूहमा सबैभन्दा बढी हुप्सेकोट एकमा रहेको सुनौलो महिला कृषक समूहले आठ करोड ५० लाख रुपिँयाको काँक्रो बिक्री गरेको छ भने हुप्सेकोट एकमै रहेको शक्ति कृषक समूहले आठ करोड र कावासोती चारमा रहेको हात्तिबुडे कृषक समूहले छ करोड रुपिँया बरारको काँक्रो बिक्री गरेका छन् ।

यस वर्ष काँक्रोको राम्रो मूल्य पाएका कारणले समेत आम्दानी राम्रो भएको कावासोती चारमा रहेको हात्तिबुडे कृषक समूहका अध्यक्ष छन् बहादुर रजालीले बताउनुभयो । उहाँको समूहमा २८ घरधुरी आबद्ध रहेका छन् । उहाँले मात्रै तीन बिगा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएको छ । समूहगत रूपमा करिब ४० बिगा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । किसानहरूले बोडी, घिरौँला, खुर्सानी, भिण्डी, घिउ सेमी र टमाटर खेती गर्दै आएका छन् भने काँक्रो खेती भने बढी हुने गरेको छ । खेती सिजनमा र अपसिजनमा समेत हुने गरेको किसान रजालीले बताउनुभयो । यस वर्ष काँक्रोको मूल्य राम्रो पाएको समेत उहाँले बताउनुभयो । अपसिजनमा प्रतिकेजी एक सय रुपिँयाभन्दा बढीमा बिक्री भएको र सिजनमा प्रति केजी ३५ रुपिँयासम्म बिक्री भएको रजालीले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई नवलपुरले कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा तरकारी सुपर जोन कार्यक्रम सञ्चालन गरेको छ । सुपर जोन आबद्ध भएका कृषक तथा कृषि समूहलाई कार्यालयले सिँचाइको प्रबन्ध गर्ने, जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन गर्ने, यान्त्रीकरणलाई जोड दिँदै निःशुल्क रूपमा प्राविधिक सेवा प्रदान गर्ने र कृषि उत्पादनको प्रवर्धन तथा बजारीकरणमा सहयोग पुर्‍याउने काम गर्दै आएको कृषि अधिकृत महतोले जानकारी दिनुभयो ।

तरकारी जोन कार्यक्रम लागू भएपछि काँक्रो खेति गर्ने किसानहरूको सङ्ख्यामा समेत वृद्धि भएको उहाँको भनाइ छ । अहिले २२० हेक्टर क्षेत्रफलमा काँक्रो खेती गरिएको छ । यहाँको हुप्सेकोट एक नम्बर वडामा पर्ने जुकेपानी क्षेत्रमा धेरै क्षेत्रफलमा काँक्रो खेती हुँदै आएको छ । त्यसबाहेक पालिकाको गिरुबारी, वेलुवा क्षेत्र र कावासोती चारको हसौरामा काँक्रो खेती बढी हुने गरेको उहाँले बताउनुभयो ।

यहाँ उत्पादन भएको काँक्रोको मुख्य बजार काठमाडौँ र पोखरा हो । त्यसबाहेक स्थानीय बजारमा समेत खपत हुने गरेको छ ।

2