Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चीनको घट्दो तेल आयातले विश्व ऊर्जा बजारलाई राहत

चीनको घट्दो तेल आयातले विश्व ऊर्जा बजारलाई राहत
A A+ A-

काठमाडौँ। अमेरिकी पूर्वपत्रकार तथा भिडियो निर्माता म्याक्स फिसरले चीनले कच्चा तेलको आयात घटाएर विश्वव्यापी तेल संकटको दबाब कम गर्न सहयोग गरेको दाबी गरेका छन्। उनले हालै सार्वजनिक गरेको भाइरल युट्युब भिडियो ‘चाइनाले चुपचाप विश्व बचायो’ मा चीनको घट्दो तेल मागले विश्व बजारमा आपूर्ति र मूल्यमा परेको दबाब कम भएको तर्क गरेका हुन्।

अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला चीनबाट हुने कच्चा तेलको आयातमा आएको कमीले विश्व बजारमा थप दबाब पर्नबाट रोक्न सहयोग गरेको फिसरको दाबी छ।

चीनको घट्दो तेल आयातले विश्व अर्थतन्त्रमा पार्न सक्ने प्रभावबारे अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि चर्चा गरेका छन्। वाल स्ट्रिट जर्नलले चीनको कम तेल आयातले विश्व अर्थतन्त्रलाई समर्थन गर्न सहयोग गरेको उल्लेख गरेको छ। फ्रान्सेली पत्रिका ले फिगारोमा प्रकाशित एक विचारले त चीनले सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि दोस्रोपटक विश्व अर्थतन्त्रलाई ‘बचाउन’ सहयोग गरिरहेको तर्क गरेको छ।

चीनको ऊर्जा संरचनामा आएको परिवर्तनले पनि तेलमाथिको निर्भरता घटाउँदै लगेको छ। चीनको कुल विद्युत् खपतमा नवीकरणीय ऊर्जाको हिस्सा अहिले करिब ४० प्रतिशत पुगेको छ। सौर्य, पवन, जलविद्युत्लगायत स्वच्छ ऊर्जा स्रोतको विस्तारसँगै चीनको जीवाश्म इन्धनमाथिको निर्भरता क्रमशः घटिरहेको छ।

यातायात क्षेत्रमा पनि चीनले विद्युतीकरणलाई तीव्र बनाएको छ। चालु वर्षको पहिलो छ महिनामा चीनमा नयाँ ऊर्जा सवारीसाधनले कुल खुद कार बिक्रीको ५४.१ प्रतिशत हिस्सा ओगटेका छन्। पहिलोपटक नयाँ ऊर्जा सवारीसाधनको बिक्री परम्परागत पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनभन्दा बढी भएको हो।

ऊर्जा मागमा आएको संरचनात्मक परिवर्तनसँगै चीनले औद्योगिक उत्पादनलाई पनि तुलनात्मक रूपमा स्थिर राखेको छ। विश्वका अन्य क्षेत्रमा कारखाना बन्द हुने र ढुवानी तथा आपूर्ति प्रणालीमा अवरोध आउने क्रम बढ्दा चीनको स्थिर औद्योगिक उत्पादनले विश्व आपूर्ति शृंखलामा देखिएको केही कमी पूर्ति गर्न सहयोग गरेको दाबी गरिएको छ।

यसले चीनको ऊर्जा संक्रमण केवल वातावरणीय नीतिको विषय नभई विश्वव्यापी ऊर्जा बजार र आपूर्ति शृंखलासँग जोडिएको आर्थिक शक्तिका रूपमा समेत विकसित भइरहेको संकेत गर्छ। तेलको माग घटाउँदै नवीकरणीय ऊर्जा र विद्युतीय सवारीतर्फ तीव्र रूपान्तरण गरिरहेको चीनको परिवर्तनले विश्व तेल बजारमा आगामी वर्षहरूमा मागको संरचनामै थप प्रभाव पार्न सक्ने देखिन्छ।

2