Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

युट्युबबाट सिकेर कपिलवस्तुमा व्यावसायिक ड्र्यागन फ्रुट खेती

युट्युबबाट सिकेर कपिलवस्तुमा व्यावसायिक ड्र्यागन फ्रुट खेती
अ+ अ-

कपिलवस्तु। शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले युट्युबबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा ड्र्यागन फ्रुट खेती सुरु गरेका छन्।

बेलवासेले करिब डेढ वर्षअघि चार कठ्ठा क्षेत्रफलमा ६२८ वटा बिरुवा लगाएर खेती सुरु गरेका हुन्। रुपन्देहीको रानीबगियाबाट प्रतिवटा १६० रुपैयाँका दरले बिरुवा खरिद गरी १५७ वटा पोलमा चार–चार वटाका दरले रोपेका छन्।

हालसम्म तीन पटक फल उत्पादन भइसकेको र आगामी भदौमा चौथोपटक फल टिप्ने तयारी रहेको बेलवासेले बताए। बिरुवा अझै पूर्ण रूपमा परिपक्व नभएकाले आगामी वर्षदेखि उत्पादन उल्लेख्य रूपमा बढ्ने उनको अपेक्षा छ।

ड्र्यागन फ्रुटको बजार राम्रो रहेकाले बिक्रीमा समस्या नरहेको उनले बताए। हाल प्रतिकिलो ४०० रुपैयाँसम्ममा बिक्री भइरहेको र उत्पादन भएपछि ग्राहकहरू घरमै आएर खरिद गर्ने गरेको उनको भनाइ छ।

युट्युबबाट खेतीसम्बन्धी जानकारी लिएर व्यवसाय सुरु गरेका बेलवासेले सिँचाइको अभाव र रोग व्यवस्थापनसम्बन्धी प्राविधिक ज्ञानको कमीलाई मुख्य चुनौतीका रूपमा औँल्याए।

कपिलवस्तुको गर्मीका कारण खेती व्यवस्थापनमा केही कठिनाइ भए पनि उचित व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उनले बताए।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख घनश्याम चौधरीका अनुसार जिल्लामा ड्र्यागन फ्रुट खेतीको यकिन क्षेत्रफलको अभिलेख छैन। यद्यपि पछिल्ला वर्षमा साना तथा व्यावसायिक स्तरमा खेती सुरु गर्ने किसानको संख्या बढ्दै गएको उनले बताए।

राम्रो बजार, आकर्षक मूल्य र व्यावसायिक सम्भावनाका कारण कपिलवस्तुमा किसानको ड्र्यागन फ्रुट खेतीतर्फ आकर्षण बढिरहेको छ।

2