Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

किसानले ५० प्रतिशत अनुदानमा मल पाउने

किसानले ५० प्रतिशत अनुदानमा मल पाउने
अ+ अ-

जुम्ला- जुम्लाका किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गरिने भएको छ । लुकीछिपी हुने रसायनिक विषादी मलको प्रयोगलाई रोक्न तथा रैथाने उत्पादनलाई जोड दिन कृषि विकास कार्यालय जुम्लाले जैविक प्राङ्गारिक मल वितरण गर्ने भएको हो ।

जुम्लालाई २०६४ सालमा १४ औँ जिल्ला परिषदबाट अर्गानिक जिल्ला घोषणा गरिएको छ । त्यसयता जुम्लामा कुनै पनि बाहनामा वा लुकीछिपी रासायनिक विषादी ब्युटाक्लोर प्रयोग गर्न प्रतिबन्ध छ तर लुकिछपी प्रयोग हुने गरेको पाइएको छ ।

अन्नबालीमा हुने विषादीको प्रयोगलाई रोक्न तथा अर्गानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गर्न थालिएको कृषि विकास कार्यालय जूम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार सबै कागजात पुरा गरी प्रक्रियामा आएका किसान, कृषि फर्म, कृर्षक समुह तथा कृषि सहकारीकालाई ५० प्रतिशत अनुदानमा जैविक मल वितरण गरिने छ ।

अनुदानमा मल लिनका लागि प्रक्रियामा आउन सात दिने सूचना जारी गरिएको छ । निर्धारित समयभित्र दर्ता हुन आएका किसानलाई मल दिइने छ । कृषि विकास कार्यालय जुम्लाको चालु आर्थिक वर्ष २०८१-८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई जैविक प्राङ्गारिक मल वितरण गर्न थालिएको प्रमुख अधिकारीले उल्लेख गर्नुभयो ।

लुकिछिपी विषादी प्रयोग गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रयास समेत भइरहेकाे छ । जुम्लामा ३ रय ९६ बोरा जैविक मल आइपुगेको छ । किसानलाई ५० किलोदेखि ५ क्विन्टलसम्म मल दिने योजना छ । किसानको माग र आवश्यकता मध्यनजर गरेर वितरण गरिने छ भने प्रतिबोरा २५ सय रुपियाँ मूल्य परेपनि किसानले १२ सय ५० मै पाउने छन् । बाँकी ५० प्रतिशत रकम कार्यालयले व्यहोरि दिने भएको छ । जैविक प्राङ्गारिक मल वितरण कार्यक्रमका लागि चालु आवमा आर्थिक वर्षमा ६ लाख ८० हजार रुपियाँ विनियोजन भएको छ ।

2