Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भारतको सहयोगमा पुनर्निर्मित कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन

भारतको सहयोगमा पुनर्निर्मित कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन
A A+ A-

ललितपुर।  नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव, प्रतिनिधि सभा सदस्य माननीय जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटनस्थित पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल कुमारी छेँ र नयाँ कुमारी निवासको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

मिति २०८३ भाद्र ८ गते आयोजित कार्यक्रममा विशिष्ट अतिथिहरूले उद्घाटन पट्टिका अनावरण गर्नुका साथै परम्परागत समारोहमा सहभागिता जनाएका थिए। कार्यक्रममा नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) का अधिकारी, स्थानीय समुदायका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब रु. ५ करोडको लागतमा कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माण गरिएको हो। परियोजना केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) मार्फत कार्यान्वयन गरिएको थियो भने डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रस्ट फर आर्ट्स एन्ड कल्चरल हेरिटेज (INTACH) ले उपलब्ध गराएको थियो।

प्रतिनिधि सभा सदस्य जगदीश खरेलले स्थानीय बासिन्दाको योगदानको प्रशंसा गर्दै जीवित सम्पदा स्थलहरूको संरक्षणको महत्वमा जोड दिए। उनले सम्पदा पुनर्स्थापनाका लागि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलगायत विभिन्न जिल्लाका सांस्कृतिक सम्पदा पुनर्निर्माण तथा पुनर्स्थापनामा भारत सरकारले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले परियोजनामा सहयोग र सहकार्य गर्ने स्थानीय समुदायप्रति पनि धन्यवाद व्यक्त गरे।

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धलाई उजागर गर्दै नेपालको ऐतिहासिक धरोहर संरक्षणमा भारतको निरन्तर सहयोग रहने बताए। उनले पुनर्स्थापित संरचनाहरू दुई देशबीचको साझा सम्पदा र मित्रताको चिरस्थायी प्रतीकका रूपमा रहने उल्लेख गरे।

भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहायता कार्यक्रमअन्तर्गत नेपालका ८ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षणमा सहयोग गरेको छ। त्यस्तै, गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, ८ जिल्लाका ८५ वटा शैक्षिक संस्था तथा ११ जिल्लाका १३३ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणमा समेत भारतले सहयोग गरेको छ।

कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्स्थापना परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई थप सहयोग पुर्‍याउनुका साथै नेपाल–भारतबीचको प्रगाढ र व्यापक विकास साझेदारीलाई समेत प्रतिबिम्बित गरेको छ।

2