Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

साउनमै नेपाल भित्रियो करिब ५ करोड रुपैयाँका स्मार्टवाच

साउनमै नेपाल भित्रियो करिब ५ करोड रुपैयाँका स्मार्टवाच
A A+ A-

काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउनमा नेपालले करिब ५ करोड रुपैयाँ बराबरका स्मार्टवाच आयात गरेको छ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनासम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकअनुसार साउन मसान्तसम्म नेपालमा ४ करोड ९८ लाख ७६ हजार रुपैयाँ बराबरका १० हजार ४५ थान स्मार्टवाच आयात भएका छन्।

स्मार्टवाच आयात गर्दा सरकारले यस अवधिमा १ करोड १४ लाख २ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

चीनबाट मात्रै ९ हजारभन्दा बढी स्मार्टवाच

भन्सार विभागको तथ्यांकअनुसार साउनमा नेपालमा ११ मुलुकबाट स्मार्टवाच आयात भएको देखिन्छ। आयातको सबैभन्दा ठूलो हिस्सा चीनको रहेको छ।

चीनबाट मात्रै ९ हजार १६७ थान स्मार्टवाच आयात भएका छन्, जसको कुल मूल्य ३ करोड ३६ लाख ३२ हजार रुपैयाँ रहेको छ। त्यस्तै, भारतबाट ५१७ थान स्मार्टवाच आयात भएका छन्। यसको कुल मूल्य २८ लाख १७ हजार रुपैयाँ रहेको छ। भियतनामबाट भने ३०० थान स्मार्टवाच आयात भएको छ, जसको मूल्य १ करोड ३१ लाख २१ हजार रुपैयाँ रहेको छ।

बाँकी स्मार्टवाच बेल्जियम, क्यानडा, कतार, मलेसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स ९यूएई०, थाइल्याण्ड र अमेरिकाबाट आयात भएका छन्।

कुन देशबाट कति स्मार्टवाच आयातरु कुन देशबाट कति स्मार्टवाच आयात ?

भन्सार विभागको तथ्यांकअनुसार साउनमा सबैभन्दा धेरै स्मार्टवाच चीनबाट आयात भएको छ। चीनबाट ९ हजार १६७ थान स्मार्टवाच आयात भएका छन्, जसको कुल मूल्य ३ करोड ३६ लाख ३२ हजार रुपैयाँ रहेको छ। भारतबाट ५१७ थान स्मार्टवाच आयात भएका छन्, जसको मूल्य २८ लाख १७ हजार रुपैयाँ रहेको छ। त्यस्तै, भियतनामबाट ३०० थान स्मार्टवाच आयात हुँदा यसको कुल मूल्य १ करोड ३१ लाख २१ हजार रुपैयाँ रहेको छ।

दक्षिण कोरियाबाट ९ थान स्मार्टवाच २ लाख २४ हजार रुपैयाँ बराबरमा आयात भएका छन्। यूएईबाट ४० थान स्मार्टवाच आयात हुँदा यसको मूल्य ४ हजार रुपैयाँ रहेको छ। त्यस्तै, क्यानडाबाट १ थान स्मार्टवाच १४ हजार रुपैयाँ, अमेरिकाबाट २ थान १३ हजार रुपैयाँ, थाइल्याण्डबाट २ थान ५० हजार रुपैयाँ, बेल्जियमबाट २ थान १ हजार रुपैयाँ, कतारबाट ४ थान र मलेसियाबाट १ थान स्मार्टवाच आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

2