Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

पशुमा रेविज संक्रमण पुष्टि भएपछि खोप अभियान

पशुमा रेविज संक्रमण पुष्टि भएपछि खोप अभियान
अ+ अ-

चितवन । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको संक्रमण देखिएको छ। नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो। रत्ननगर –९ र १० को नमूनामा रोगको संक्रमण पुष्टि भएको छ।

पशु सेवा कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग संक्रमण पुष्टि भएको हो। उनका अनुसार यो रोग लागेका गाई–भैंसीले ¥याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावारलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने हुन्छ। कुकुर–बिरालोमा रेविजविरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा खासै यसको सुई लगाइँदैन।

रोगको संक्रमण देखिएसँगै संक्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रोविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ। जिल्लाका अन्य पालिकाहरुमा समेत यस रोगको संक्रमण देखिन सक्ने जनाउँदै उनले पशुपालक किसानलाई उच्च साबधानी अपनाउन आग्रह गरे।

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको संक्रमण देखिएको छ। यहाँका पशुहरुको नमूना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं पठाइएको छ। रोगको संक्रमण देखिएपछि संक्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले जानकारी दिइन्। उनका अनुसार यस आर्थिक वर्षमा सो पालिकामा चार वटा नमूना संकलन गरिएको छ। दुई वटा नमूनाको परीक्षणका लागि पठाउने तयारी गरिएको छ। दुई वटामा संक्रमणको पुष्टि भइसकेको छ। पशु मरेपछि नमूना परीक्षणका लागि पठाउने गरिन्छ।

संक्रमणको लक्षण देखिएका नौदेखि १० दिनको बीचमा पशु मर्ने गरेको उनले जानकारी दिइन्। यस पालिकाको वडा नम्बर ९, १० र १६ मा रेविजको संक्रमण देखिएको हो। यस क्षेत्रमा न्याउरी मुसा र स्यालको टोकाइले रेविज सरेको उनको अनुमान छ। रेविजको संक्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा मानिसहरुमा रेविजविरुद्धको सुई दिन थालिएको उनले जानकारी दिइन्।

कुकुर र जङ्गली जनावरको टोकाइबाट सर्ने यस रोग जङ्गलको आसपासमा रहेका कृषकहरुलाई सतर्कता अपनाउन र लक्षण देखिए तत्काल खबर गर्न अनुरोध गरिएको उनले बताइन्। जनावरले टोकेको वा चिथोरेको ठाउँमा तुरुन्तै १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुने, चिकित्सकको सल्लाहअनुसार तुरुन्तै र तोकिएको तालिकाअनुसार रेविजविरुद्धको खोप लगाउने, घरपालुवा कुकुर र बिरालालाई नियमित रूपमा प्रत्येक वर्ष रेविजविरुद्धको खोप लगाउने, शंकास्पद वा अनौठो व्यवहार देखाएका पशुहरूलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित ठाउँमा थुनेर राख्ने गर्नुपर्ने उनले सुझाब दिइन्।

2