Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भक्तपुरमा ‘ताहासा’ पर्वले बढायो बाँसको व्यापार

भक्तपुरमा ‘ताहासा’ पर्वले बढायो बाँसको व्यापार
अ+ अ-

भक्तपुर । भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ। गाईजात्रा पर्वलाई लक्षित गरी यहाँ केही दिनका लागि बाँसको व्यापार सुरु गरिएको हो।

गाईजात्रामा ताहासा बनाउन बाँसको प्रयोग गरिन्छ। गाईजात्रा निकाल्ने परिवारका लागि ताहासा नभई हुँदैन। त्यसैले केही दिनदेखि भक्तपुरको पाँचतले मन्दिर परिसरमा बाँस बिक्री गर्ने व्यापारीको चहलपहल सुरु भएको छ।

व्यापारीले भक्तपुरको पाँचतले मन्दिर परिसरबाट प्रतिवटा बाँसको पाँच सय रुपैंयाँमा धमाधम बिक्री गरिरहेका छन्। यही भदौ १३ गते भक्तपुरमा गाईजात्रा पर्व मनाइँदै छ। सो पर्वलाई लक्षित गरी तयार पारिएको ताहासाको मूल्य दुई हजारदेखि २५ सय रुप्ैंयाँसम्ममा बिक्री हुने गरेको छ।

सूर्यविनायक नगरपालिका–८ आशापुरीबाट यहाँ बाँस बिक्रीका लागि ल्याउने गरिन्छ। बर्सेनि बाँस बिक्रीका लागि यहाँ आउने जयराम तामाङले हरेक वर्ष गाइजात्राको एक साता अघिदेखि भक्तपुरको पाँचतल्ले मन्दिर अगाडि ताहासाको लागि बाँस बेच्दै आएको बताए।

यहाँ बिहान १०ः०० बजेसम्म मात्र बाँसको ब्यापार गर्न पाइन्छ। नगरपालिकाले दिउँंसो व्यापार गर्न नदिने भएकाले बिहान मात्रै बाँस बेच्न पाइने भएको हो। गाईजात्रामा बाँसबाट ताहासा बनाइन्छ। ताहासा बनाउन बाँस नभई हुँदैन । १५ देखि २० फिट लामा चार वटा बाँस बाट ताहासा बनाइन्छ। तयारी ताहासाको शिरमा गाईको चित्र राखि गाईजात्रा निकालिन्छ।

मृत्यु भएका व्यक्तिका परिवारले ताहासा उपयोग गरी घर÷घरबाट गाईजात्रा निकाल्छन्। जसका लागि हरियो बाँस आवश्यक पर्छ। त्यस हिसाबले सयौं परिवारका लागि बाँंस आवश्यक हुन्छ। ताहासा निर्माणमा प्रयोग हुने बाँसको आकार र गुणस्तरअनुसार मूल्य फरक पर्ने तामाङले बताए।

तामाङले यस वर्ष एउटा ताहासा बनाउन चार वटा बाँसको दुई हजार पाँंच सय रुपैंयाँमा बिक्री गर्दै आएका छन्। भक्तपुरमा गाईजात्रा पर्वका लागि ताहासा बनाउने परम्परा पुस्तौंदेखि चलिआएको छ।

पर्व नजिकिएसँगै ताहासा निर्माण, सजावट तथा जात्राका अन्य तयारीले भक्तपुरका टोलहरूमा चहलपहल बढेको छ। प्रत्येक वर्षको भाद्र शुक्ल प्रतिपदा दिन मनाइने गार्इजात्रा यो वर्ष शनिबार परेको छ। यो जनैपूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। काठमाडौं, ललितपुरलगायत नेपाली भाषीको बसोबास रहेको ठाउँमा गाईजात्रा पर्व धूमधामका साथ मनाउने गरिन्छ।

त्यस दिन वर्षभरिमा दिवङ्गतको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई त्यसलाई नगर परिक्रमा गराइन्छ। धार्मिक परम्पराअनुसार भाद्र प्रतिपदाको एक दिन यमलोकको ढोका खुला हुने जनश्रुति छ। यस दिन गाईको प्रदर्शनले मृतकको आत्मालाई गाईको मद्दतबाट यमलोकमा प्रवेश हुने जनविश्वास रहँदै आएको छ।

महिला र पुरुषको ताहासा छुट्याउन महिलालाई हाकुपटासी (कालो फरिया) र पुरुषलाई सेतो कपडा बाधिन्छ। त्यसमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपाल जस्तो देखिने) मयुरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ। टाउको दुई छेउमा सिङसँगै पतचा (रङ्गिन माथि गोलाकार तर झण्डा जस्तो देखिने) सजाइन्छ । द्योःगाचा अष्टमातृकाको प्रतीक खास्टो, दुई वटा लामो पटुका राखी छाता ओढाइन्छ।

2