Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इरानसँग सम्बन्धमा चार भारतीय कम्पनीमाथि प्रतिबन्ध

इरानसँग सम्बन्धमा चार भारतीय कम्पनीमाथि प्रतिबन्ध
अ+ अ-

वासिङ्टन। संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतमा आधारित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम कारोबारलाई लक्षित गर्दै ती कम्पनीमाथि कारबाही गरिएको हो ।

प्रतिबन्धमा पोर्टेज पार्टनर एलएलपी, सदाशिव ओभरसिज लिमिटेड, पिपि सफ्टटेक प्राइभेट लिमिटेड र प्राक्रुटिस इन्फ्रा इम्पेक्स इन्डिया प्राइभेट लिमिटेड परेका छन् । पोर्टेज पार्टनरले भारतमा इरानी पेट्रोकेमिकल उत्पादनका विभिन्न ढुवानी आयात गर्न सहजीकरण गरेको अमेरिकी विदेश मन्त्रालयको दाबी छ । कम्पनीका साझेदार भारतीय नागरिक इन्ड्रिस्मिया आशारफ्मिया सेख र हरिश रामचन्द्र रङ्गीलाई समेत प्रतिबन्ध लगाइएको छ ।

सदाशिव ओभरसिजले सन् २०२४ को फेब्रुअरीदेखि २०२५ को जुनसम्म अमेरिकी प्रतिबन्धमा परेको बोन्जोर कमोडिटी एफजेडईसहित विभिन्न कम्पनीबाट करिब छ करोड ९० लाख अमेरिकी डलर मूल्यका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी दाबी छ । इरानी पेट्रोलियम खरिद, बिक्री, ढुवानी वा बजारीकरणमा महत्त्वपूर्ण कारोबार गरेको आरोपमा उक्त कम्पनीमाथि कार्यकारी आदेश १३८४६ अन्तर्गत प्रतिबन्ध लगाइएको हो ।

पिपि सफ्टटेकले सन् २०२४ को जनवरीदेखि २०२५ को जुनसम्म करिब दुई करोड ५० लाख अमेरिकी डलर मूल्यका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको मन्त्रालयले जनाएको छ । कम्पनीका निर्देशक भारतीय नागरिक प्रशान्त गर्गलाई पनि प्रतिबन्ध सूचीमा राखिएको छ ।

यसैगरी, प्राक्रुटिस इन्फ्रा इम्पेक्सले सन् २०२३ को मेदेखि २०२६ को फेब्रुअरीसम्म बोन्जोर कमोडिटी एफजेडईसहित विभिन्न कम्पनीबाट करिब दुई करोड ५० लाख अमेरिकी डलर मूल्यका इरानी मूलका पेट्रोलियम उत्पादन आयात गरेको अमेरिकी दाबी छ ।

अमेरिकाले पछिल्लो प्रतिबन्ध इरानको पेट्रोलियम आम्दानी रोक्ने तथा इरानी सैन्य र खरिद गतिविधिलाई सहयोग गरेको आरोप लागेका अन्तर्राष्ट्रिय सञ्जाल कमजोर बनाउने अभियानको हिस्सा भएको जनाएको छ । सम्बन्धित भारतीय कम्पनी तथा व्यक्तिबाट प्रतिबन्धबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

2