Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

घरजग्गा कारोबारमा बैङ्क ‘स्टेटमेन्ट’ अनिवार्य

घरजग्गा कारोबारमा बैङ्क ‘स्टेटमेन्ट’ अनिवार्य
अ+ अ-

काठमाडौँ- सरकारले घरजग्गा कारोबार गर्दा बैङ्क स्टेटमेन्ट अनिवार्य गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हालै सम्पत्ति शद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन जारी गरेर घरजग्गा कारोबारमा संलग्न दुवै पक्षको बैङ्क विवरणलाई प्रमाणका रूपमा पेस गर्नुपर्न व्यवस्था गरेको हो ।

“घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैङ्क खाताबाट बिक्रीकर्ताको बैङ्क खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने छ,” निर्देशनको बुँदा ६ मा उल्लेख छ ।

विभागले घरजग्गा कारोबार गर्दा बैङ्किङ प्रणालीलाई अनिवार्य गरेको छ । १० लाख रुपियाँदेखि ५० लाख रुपियाँसम्मको कारोबार बैङ्किङ प्रणाली वा विद्युतीय भुक्तनी प्रणालीमार्फत गर्नुपर्ने निर्देशनमा उल्लेख छ । ५० लाख रुपियाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशनले घरजग्गा कारोबार गर्दा दुवै पक्षले केवाइसी फारम भर्नुपर्ने व्यवस्थालाई पनि अनिवार्य गरेको छ । त्यस्तो फारम भूसेवा केन्द्र वा कार्यालयको सिस्टममा अपलोड गर्नुपर्ने छ ।

त्यस्तै घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनापट्टाको कागज पेस गरेमा १० लाख रुपियाँभन्दा बढीको कारोबार भए त्यसको विवरण पनि खुलाउनुपर्ने छ ।

त्यस्तै १० लाखभन्दा बढीको घरजग्गा कारोबारमा लाग्ने रजिस्टे«सनबापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकरबापतको राजस्व बिक्रीकर्ताको खाताबाट राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

2