Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो वर्षा बढ्ने, उद्धारमा थप चुनौती

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो वर्षा बढ्ने, उद्धारमा थप चुनौती
A A+ A-

काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आइतबार दिउँसो वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। वर्षा बढेमा बाढी तथा पहिरो प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्य थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बाढी प्रभावित क्षेत्रमा सामान्य बदलीको अवस्था रहेको छ। दिउँसोपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने विभागले जनाएको छ।

विभागका मौसमविद् डेविट ढकालका अनुसार अहिले प्रभावित क्षेत्रमा बादल लागिरहेको छ। दिउँसोपछि वर्षाको गतिविधि बढ्न सक्ने भए पनि अपराह्न ४ बजेपछि भने मौसम केही खुल्ने र खोज तथा उद्धारका लागि अवस्था तुलनात्मक रूपमा अनुकूल बन्न सक्ने सम्भावना रहेको छ।

उनले भने, “बाढी प्रभावित क्षेत्रमा अहिले बादल देखिएको छ। दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। अपराह्न ४ बजेपछि भने खोज तथा उद्धारका लागि मौसम केही अनुकूल हुने सम्भावना छ।”

विभागले आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। केही हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

यसैबीच, विज्ञहरूले भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम अझै कायमै रहेको भन्दै थप सतर्कता अपनाउन आग्रह गरेका छन्। माथिल्लो क्षेत्रमा हिमताल फुट्ने सम्भावना तथा लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन भनिएको छ।

विशेषगरी बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र अन्य जनशक्तिलाई मौसम तथा नदीको अवस्थाबारे निरन्तर जानकारी लिएर मात्रै अभियान सञ्चालन गर्न विज्ञहरूले सुझाव दिएका छन्।

बाढीपछि जोखिमपूर्ण अवस्थामा रहेका संरचना, कमजोर बनेका सडक तथा पहिरोको सम्भावना रहेका क्षेत्रमा थप वर्षाले समस्या निम्त्याउन सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

भोटेकोशीबाट आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि बेपत्ता भएकाहरूको खोजी, प्रभावितको उद्धार तथा राहत वितरणको काम जारी रहेकाले मौसममा हुने परिवर्तनले त्यसको गति प्रत्यक्ष प्रभावित पार्न सक्ने देखिएको छ।

2