काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक साहको नाम सिफारिस भएको छ। गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको उक्त मन्त्रालयका लागि प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी-४ का सांसद साहलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री साहको आजै साँझ शपथ ग्रहण गराउने तयारी भइरहेको छ।
