काठमाडौं। कतारको कम्पास कम्पनीले रसुवामा बाढीबाट प्रभावितहरूका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ।
नेपाली श्रमिकहरूको अन्तर्वार्ताका लागि काठमाडौं आएको कम्पनीको टोलीले सो रकम हस्तान्तरण गरेको हो।
कम्पासका मानव संसाधन प्रमुख अदम अल अलावी, भर्ना सुपरभाइजर विजो वावु र भिजन एन्ड भ्यालुका प्रमुख पदमराज पौडेलसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको छ।
विपद्को घडीमा सहयोग उपलब्ध गराएको भन्दै अर्थमन्त्री वाग्लेले कम्पास कम्पनीप्रति आभार व्यक्त गरेका छन्।
