काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.९४ अङ्कले बढेर २५५९.४९ विन्दुमा पुगेको छ।
बिहीबार कुल ३४५ कम्पनीका १ करोड २० लाख ८६ हजार ९३२ कित्ता सेयर किनबेच भएका छन्। बजारमा कुल ४ अर्ब ३५ करोड ९१ लाख ३० हजार ४६१ रुपैयाँ बराबरको कारोबार भएको छ।
दिनभरिमा २३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ वटा कम्पनीको मूल्य घटेको छ। साथै, ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
सबै समूहगत सूचकहरू सकारात्मक देखिएका छन्। विकास बैंक, हाइड्रो पावर, इन्भेष्टमेन्ट, निर्जीवन बीमा र ट्रेडिङ समूहमा एक प्रतिशत भन्दा धेरैको वृद्धि भएको छ। मल्टिप्रोपोज फाइनान्सको सेयर मूल्य ५.७१ प्रतिशतले घट्दा यो दिनको सर्वाधिक गिरावट रह्यो।
उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्, जसको सेयर मूल्य १०.५३ प्रतिशतले बढेको छ। त्यस्तै, अभियान लघुवित्तको मूल्य १०.०९ प्रतिशतले बढेको छ।
सिन्धु विकास बैंक, सालपा विकास बैंक र एनसीसी डिबेन्चरका लगानीकर्ताले पनि लाभ प्राप्त गरेका छन्। कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ।
कम्पनीको ३६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चरको १८.५ करोड र रिलायन्स स्पिनिङ मिल्सको १४.७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
