काठमाडौं – इजरायलले इरानमाथि आज विहानै गरेको भिषण आक्रमण लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको छ । हङकङ र सिंगापुरको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको हो ।
कच्चा तेलको मूल्यमा हालसम्म ७ प्रतिशतभन्दा बढिले बृद्धि भइसकेको छ । इरान कच्चा तेल निर्यात गर्ने शक्तिशाली मुलुक हो । मध्यपूर्वमा युद्धका त्रास बढेसँगै इन्धनको मूल्यमा भारी बृद्धि हुने अनुमान गरिएको छ ।
हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेज क्रुड आयलको मूल्य ७४.६५ डलर पुगेको छ । हिजोसम्म यस्तो मूल्य प्रतिब्यारेल ६९.३६ डलर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च अंकले बृद्धि भई १०० डलर भन्दा माथि पुग्ने अनुमान गरिएको छ ।