udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

जुम्ली स्याउले पायो आफ्नै पहिचान, किसानलाई ५० प्रतिशत अनुदानमा कार्टुन

जुम्ली स्याउले पायो आफ्नै पहिचान, किसानलाई ५० प्रतिशत अनुदानमा कार्टुन
A A+ A-

जुम्ला। जुम्लामा उत्पादित स्याउको बजारीकरण र पहिचान स्थापित गर्नका लागि स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा विशेष कार्टुन वितरण सुरु गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जुम्लाले ‘जुम्ली स्याउ’ लेखिएका कार्टुनहरू किसान, सहकारी र व्यवसायीलाई उपलब्ध गराउन थालेको हो। यसअघि जुम्ली स्याउ भारतीय वा चिनियाँ कार्टुनमा प्याक भएर बजारमा पुग्दा स्थानीय उत्पादनको पहिचान ओझेलमा पर्ने गरेको थियो।

परियोजनाका सूचना अधिकारी पदमराज कार्कीका अनुसार हालसम्म २६ जना किसानलाई ९ हजार ७ सय ४३ कार्टुन वितरण गरिएको छ। प्रति कार्टुन एक सय रुपैयाँ पर्नेमा किसानले ५० प्रतिशत अनुदानमा ५० रुपैयाँमा खरिद गर्न पाएका छन्। एउटा कार्टुनमा १० देखि १२ किलो स्याउ अट्नेछ।

यसका लागि किसानले कर चुक्ता, प्यान र उद्योग दर्ता प्रमाणपत्रसहित आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। परियोजनाले यसका लागि ९ लाख ७४ हजार ३ सय रुपैयाँ खर्च गरेको छ, जसको आधा हिस्सा सरकारी अनुदान हो।

यसैगरी, जिल्ला कृषि विकास कार्यालयले पनि थप २५ हजार कार्टुन वितरण गर्ने योजना अघि सारेको छ। कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार १३ हजार कार्टुन जुम्ला पुगिसकेका छन् भने १२ हजार बाटोमा छन्। जुम्लामा हाल ४ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा व्यावसायिक स्याउ खेती भइरहेको छ। जिल्लाका १९ हजार १ सय ५० घरधुरी स्याउ खेतीमा संलग्न छन्।

जुम्लाले चालु आर्थिक वर्ष २०८३/०८४ मा ७० करोड रुपैयाँ बराबरको स्याउ निर्यात गर्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाबाट ४१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको स्याउ निर्यात भएको थियो। व्यवस्थित प्याकेजिङले ढुवानीमा हुने क्षति कम हुने र बजारमा जुम्ली स्याउको ब्रान्ड स्थापित हुने अपेक्षा गरिएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action