udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

संकटमा मात्रै सम्झिने कान्ति लोकपथ: चाप बढ्दा कस्तो छ अवस्था?

संकटमा मात्रै सम्झिने कान्ति लोकपथ: चाप बढ्दा कस्तो छ अवस्था?
A A+ A-

काठमाडौं। मुख्य राजमार्गहरू अवरुद्ध हुँदा कान्ति लोकपथ काठमाडौं उपत्यका भित्रिने र बाहिरिने भरपर्दो विकल्प बनेको छ। वि.सं. २०१३ मा निर्माण सुरु भई २०१४ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको यो सडक ७ दशक पुरानो इतिहास बोकेको मार्ग हो। २०५६ सालदेखि पुनःनिर्माण र स्तरोन्नति थालिएको ८९ किलोमिटर लामो यो सडक अहिले संकटको समयमा ‘लाइफलाइन’ बनेको छ।

गत १४ भदौमा पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि यस सडकमा सवारीको चाप ह्वात्तै बढेको छ। सामान्य अवस्थामा दैनिक ४ देखि ५ सय सवारीसाधन गुड्ने यो सडकमा अहिले दैनिक ३ हजार ५ सयभन्दा बढी यात्रु बस र मालवाहक सवारीसाधन गुडिरहेका छन्।

साना सवारीसाधनको संख्या जोड्दा यो चाप अझ बढी छ। मकवानपुरमा ५१ किमी र ललितपुरमा ३८ किमी फैलिएको यो सडकको अधिकांश भाग कालोपत्रे भए पनि करिब ४ किमी खण्ड अझै कच्ची छ। विशेषगरी ललितपुरको छपेली, तिनपाने, भालुखोला, कार्कीबास, काल्चे र भन्सेखोला क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सडकका सबकन्ट्याक्टर डम्बर लिम्बूका अनुसार बर्खाको समयमा दैनिक ४ देखि ९ घण्टासम्म पहिरो पन्छाउनुपर्ने बाध्यता छ।

चालकहरूका लागि यो सडक निकै चुनौतीपूर्ण छ। धादिङका चालक रामचन्द्र नेपालीका अनुसार साँघुरो बाटो र निरन्तरको पहिरोले गर्दा यो यात्रा निकै जोखिमपूर्ण छ। अर्का चालक सरोज रोका मगरले रातको समयमा पहिरोको डर बढी हुने भएकाले ठूला सवारीसाधन चलाउन निकै मुस्किल पर्ने बताए। २०७२ को भूकम्प, २०८१ असोजको बाढीपहिरो र भोटेकोशीको बाढीका बेला यो सडकले महत्वपूर्ण भूमिका खेलेको छ।

तर, साँघुरो संरचना र जोखिमपूर्ण अवस्थाका कारण यात्रुहरूले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ। सडकको स्तरोन्नति गरी यसलाई दीर्घकालीन रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता देखिएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action