udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी १० प्रतिशत घट्ने चेतावनी

व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी १० प्रतिशत घट्ने चेतावनी
A A+ A-

काठमाडौं। विश्व व्यापार सङ्गठन (डब्लूटीओ) ले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके सन् २०५० सम्म विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १० प्रतिशतसम्मले घट्न सक्ने चेतावनी दिएको छ। मंगलबार सार्वजनिक भएको ‘विश्व व्यापार प्रतिवेदन २०२६: विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड’ मा व्यापार नीतिले दशकौँयताकै गम्भीर चुनौती सामना गरिरहेको उल्लेख छ।

प्रतिवेदनले विगत ८० वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि र वर्तमान चुनौतीको समीक्षा गरेको छ। डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो-इवेलाका अनुसार विश्वव्यापी वस्तु व्यापारको करिब ७२ प्रतिशत हिस्सा अझै पनि डब्लूटीओको ‘मोस्ट-फेभर्ड-नेसन’ व्यवस्थाअन्तर्गत हुने गरेको छ। उनले वर्तमान अवस्था यथावत् राख्नु विकल्प नभएको र सदस्य राष्ट्रहरू सुधारका विषयमा छलफलमा रहेको बताइन्।

डब्लूटीओका प्रमुख अर्थशास्त्री रोबर्ट स्टाइगरका अनुसार बलियो बहुपक्षीय सहकार्य र कमजोर व्यापार प्रणालीबीच विश्वको वास्तविक जीडीपीमा १० प्रतिशतसम्मको अन्तर पर्न सक्छ। प्रतिवेदनले व्यापार प्रणालीको भविष्यका तीन सम्भावित परिदृश्य प्रस्तुत गरेको छ। बलियो बहुपक्षीय प्रणाली कायम रहे सन् २०५० सम्म विश्वको जीडीपी २.९ प्रतिशत र निर्यात १७.९ प्रतिशतले बढ्न सक्ने अनुमान छ।

यद्यपि, बहुपक्षीय व्यापार नियम कमजोर भएर विश्व भू-राजनीतिक गुटमा विभाजित भए जीडीपी ५.१ प्रतिशत र निर्यात १८.६ प्रतिशतले घट्न सक्ने प्रतिवेदनमा उल्लेख छ। यदि बहुपक्षीय सहकार्यलाई केवल स्वतन्त्र व्यापार सम्झौताको सञ्जालले प्रतिस्थापन गरेमा जीडीपी ६.९ प्रतिशत र निर्यात २६.९ प्रतिशतले घट्नेछ। प्रतिवेदनले आठ दशकमा बहुपक्षीय व्यापार प्रणालीले व्यापारिक अवरोध घटाउन, विश्व व्यापारलाई ५० गुणाले विस्तार गर्न र नियममा आधारित अर्थतन्त्र निर्माण गर्न योगदान पुर्याएको जनाएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action