udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

इरान नाकाबन्दीमा १०३ व्यापारिक जहाजको मार्ग परिवर्तन

इरान नाकाबन्दीमा १०३ व्यापारिक जहाजको मार्ग परिवर्तन
A A+ A-

फ्लोरिडा । इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन गराउन अमेरिकी सेनाले सेप्टेम्बर १५ सम्म १०३ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम ले जनाएको छ ।

सेन्टकमका अनुसार नाकाबन्दीको पालना सुनिश्चित गर्न ती जहाजलाई हर्मुज जलघाँटीबाट अन्य मार्गतर्फ पठाइएको हो । सेन्टकमले अरब सागरमा अमेरिकी नौसेनाको ‘युएसएस राफेल पेराल्टा’ बाट उडान गरिरहेको एमएच–६० सी हक हेलिकप्टरको भिडियोसमेत सार्वजनिक गरेको छ ।

इरानसँगको युद्धले अमेरिकी रक्षा खर्चमा समेत ठूलो दबाब पारेको छ । अमेरिकी कङ्ग्रेसअन्तर्गतको स्वतन्त्र निकाय कङ्ग्रेसनल बजेट अफिस (सीबीओ) का अनुसार सन् २०२६ अगस्ट १ सम्म इरानविरुद्धको सैन्य कारबाहीमा अमेरिकी रक्षा विभागले करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको छ । युद्धको तीव्रता जुलाईकै स्तरमा कायम रहे मासिक खर्च करिब तीन अर्ब डलर पुग्न सक्ने सीबीओले जनाएको छ ।

यसैबीच, अमेरिका, इजरायल र सात अरब राष्ट्रका उच्चपदस्थ सैन्य अधिकारीहरूले गत साता जर्मनीमा इरान युद्ध र मध्यपूर्वको सुरक्षा अवस्थाबारे गोप्य बैठक गरेका थिए । अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको आयोजनामा भएको बैठकमा उनले मध्यपूर्वबाट अमेरिकी सेना फिर्ता गर्ने योजना नरहेको र हर्मुज जलघाँटी हुँदै समुद्री यातायात बढाउने अमेरिकी रणनीतिबारे जानकारी गराउनुभएको एक्सियोसले जनाएको छ ।

इजरायली रक्षा बलका प्रमुख जनरल इयाल जमिरले पनि विभिन्न मोर्चामा जारी सैन्य कारबाहीबारे जानकारी दिनुभएको थियो ।

यता, इरानका विदेशमन्त्री सैय्यद अब्बास अराघचीले बुधबार चीन भ्रमण गरी चिनियाँ विदेशमन्त्री वाङ यीसँग वार्ता गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयले उनको भ्रमण पुष्टि गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेप्टेम्बर २४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको पनि बताइएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action