udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

भारतले खाने तेलको भन्सार घटाउँदा नेपालको डेढ खर्बको व्यापार जोखिममा

भारतले खाने तेलको भन्सार घटाउँदा नेपालको डेढ खर्बको व्यापार जोखिममा
A A+ A-

काठमाडौं। भारत सरकारले पाम, सोयाबिन र सूर्यमुखी तेलको आयातमा लाग्ने आधारभूत भन्सार शुल्क कटौती गरेपछि नेपालको खाने तेल निर्यात व्यवसाय जोखिममा परेको छ। चाडपर्वको समयमा उपभोक्तालाई राहत दिने उद्देश्यले भारतले बुधबार राति सूचना जारी गर्दै बिहीबारदेखि लागू हुने गरी उक्त शुल्क घटाएको हो।

नयाँ व्यवस्थाअनुसार भारतले कच्चा पाम र सोयाबिन तेलको भन्सार १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ। त्यस्तै, प्रशोधित पाम र सोयाबिन तेलको शुल्क ३२.५ बाट २७.५ प्रतिशत कायम गरिएको छ। कच्चा सूर्यमुखी तेलको भन्सार १० प्रतिशतबाट शून्यमा झारिएको छ भने प्रशोधित सूर्यमुखी तेलको शुल्क ३२.५ बाट २२.५ प्रतिशतमा सीमित गरिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट एक खर्ब ४९ अर्ब ८३ करोड ९५ लाख रुपैयाँ बराबरको खाने तेल भारत निर्यात भएको थियो। नेपालले तेस्रो मुलुकबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएको छ। साफ्टा अन्तर्गतको सहुलियतका कारण नेपाली रिफाइन्ड तेलले भारतीय बजारमा स्थान पाउँदै आएको थियो।

भारतले कच्चा तेलको भन्सार घटाएसँगै त्यहाँका रिफाइनरीहरूको उत्पादन लागत घट्नेछ। यसले गर्दा भारतीय बजारमा नेपाली तेलसँगको प्रतिस्पर्धा थप कडा हुने व्यवसायीहरूको आकलन छ। यदि नेपाली उत्पादनले भारतीय बजारमा मूल्य प्रतिस्पर्धा गर्न सकेन भने अर्बौंको लगानी र हजारौं रोजगारी संकटमा पर्न सक्ने देखिएको छ। भारतले सेप्टेम्बरदेखि नोभेम्बरसम्म चल्ने चाडपर्वलाई लक्षित गरी यो निर्णय लिएको हो।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action