काठमाडौं – छुर्पीको निर्यातले नयाँ इतिहास रचेको छ । चालु आर्थिक वर्षको १० महिनामा करिव १८ लाख ९९ हजार केजी अर्थात ३ अर्ब ४९ करोड बराबरको छुर्पी निर्यात भएर नयाँ इतिहास रचेको हो । दश महिनाको निर्यातले आव २०७९÷०८० मा भएको १७ लाख ८६ हजार केजीको रेकर्ड तोडेको हो।
यस वर्ष २५ देशमा नेपालको छुर्पी पुगेको छ । अमेरिका, क्यानड, जापान र कोरियामा सबै भन्दा धेरै छुर्पी जाने गरेको छ ।
यस वर्षको वजेटबाट छुर्पी निर्यातमा दिईएको भन्सार छुट र खोरेत रोगको जोनिङ्ग र कम्पार्टमन्टलाईजेसनको कार्यान्वयन हुदा थप युरोपका देशहरुमा निर्यातको वातावरण वनाउने देखिन्छ।
छुर्पीले मात्र नेपालको दुध उत्पादनको करिव १६ प्रतिशत दुध खपत गर्ने अनुमान गरिएको छ।