Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

नापी कार्यालय कलंकीका सर्भेक्षकविरुद्ध साढे चार करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

नापी कार्यालय कलंकीका सर्भेक्षकविरुद्ध साढे चार करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा
A A+ A-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध चार करोड ७४ लाख ४६ हजार ८१३ रुपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठले सार्वजनिक पदमा रहेका बेला अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा बिहीबार आरोपपत्र दायर गरिएको हो।

आयोगले श्रेष्ठको सार्वजनिक सेवा प्रवेश मिति २०५३ साउन २७ देखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि मानेर छानबिन गरेको थियो। उक्त अवधिमा श्रेष्ठ र उनको परिवारको कुल वैधानिक आय सात करोड ७५ लाख ७८ हजार ८४० रुपियाँ देखिएको छ। तर, सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, छोरीहरूको अध्ययन खर्च तथा ऋण भुक्तानी लगायतका शीर्षकमा १२ करोड ५० लाख २५ हजार ६५४ रुपियाँ खर्च भएको पाइएको छ।

आफ्नो वैध आम्दानीभन्दा बढी खर्च गरेको पुष्टि भएपछि आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो कायम गरी कारबाही प्रक्रिया अघि बढाएको हो। यस मुद्दामा सर्भेक्षक श्रेष्ठसहित उनकी पत्नी कमला श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।

2