Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

बाढीपीडितलाई लामीछाने फाउन्डेसनको एक करोड सहयोग

बाढीपीडितलाई लामीछाने फाउन्डेसनको एक करोड सहयोग
A A+ A-

काठमाडौं । बेलायतस्थित च्यारिटी कमिसनमा दर्ता भएको ‘द लामिछाने फाउन्डेसन’ ले भोटेकोशी बाढीपीडितका लागि एक करोड ७ लाख रुपैयाँ सहयोग गरेको छ ।

फाउन्डेसनले लन्डनस्थित नेपाली दूतावास मार्फत ५१ हजार ७ सय २७ पाउण्ड बाढीपीडितलाई प्रदान गरेको हो। दूतावासमा आयोजित एक कार्यक्रममा फाउन्डेसनका अध्यक्ष लन्डनस्थित फेसन उद्यमी रविन्द्रजंग लामिछानेले कार्यवाहक राजदूत विपिन दुवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणालाई चेक हस्तान्तरण गरे ।

फाउन्डेसनले प्रदान गरेको रकम दूतावासले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा पठाइने कार्यवाहक राजदूत दुवाडीले जानकारी गराए। कार्यक्रममा बोल्दै नेपालीकी सांसद राणाले फाउन्डेसन तथा व्यवसायी लामिछानेलाई धन्यवाद ज्ञापन गरिन्।

उनले बेलायत भ्रमणका क्रममा बाढीपछिको पुनर्निर्माण कार्यमा नेपाललाई सघाउन ब्रिटिश राजनीतिज्ञलाई भेटेर सहयोग आह्वान गरेको पनि जानकारी गराईन्।

त्यस्तै कार्यक्रममा करिब पाँच दशकदेखि बेलायतमा सक्रिय राजनीति गरिरहेका पूर्व सांसद बिरेन्द्र शर्माले व्यवसायी लामिछानेले बेलायत र नेपालको सम्बन्ध अभिवृद्धिमा उल्लेख्य योगदान गरेको भन्दै प्रशंसा गरे।

सो अवसरमा बोल्दै फाउन्डेसनका अध्यक्ष लामिछानेले आफ्नो देशमा विपद् आईपर्दा सहयोग गर्नु आफ्नो पनि दायित्व भएको बताए। उनले आफ्नो फाउन्डेसनलाई सहयोग गर्ने सम्पूर्ण दाताप्रति पनि धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा ब्रिटिश सेनाको उच्च तह लेफ्टीनेन्ट कर्णेलबाट अवकासप्राप्त भूतपूर्व गोर्खा टोल खाम्चा मगर, नेपाली समुदायका अग्रज व्यवसायी महन्त श्रेष्ठ ‘ओबीई’ ले लगायतले लामिछाने फाउन्डेसनको कामको प्रशंसा गरे।

कार्यक्रममा फाउन्डेसनको बोर्ड अफ ट्रष्टीजद्वय लक्ष्मी राई र सूर्यप्रसाद उपाध्यायले संस्था स्थापनाको उद्देश्य र भावी कार्यक्रमबारे जानकारी गराएका थिए।

2