Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

चार प्रदेशबाट बाहिरियो मनसुन, राति केही स्थानमा वर्षा हुने

चार प्रदेशबाट बाहिरियो मनसुन, राति केही स्थानमा वर्षा हुने
A A+ A-

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालका केही प्रदेशबाट बाहिरिएको जनाएको छ।

असोज १७ गते शनिबार बिहानसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको हो।

महाशाखाका अनुसार हाल कोशी प्रदेशका एक-दुई स्थान र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराईका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

आइतबार र सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहने छ। सोही अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र देशका तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

आइतबार र सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

2