Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

सुर्खेतमा इन्धन भण्डारण गृह निर्माण सुरु

सुर्खेतमा इन्धन भण्डारण गृह निर्माण सुरु
A A+ A-

काठमाडौं। नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेतमा ४२० किलोलिटर क्षमताको इन्धन भण्डारण गृह निर्माण सुरु गरेको छ। कर्णालीमा इन्धनको आपूर्ति व्यवस्था सहज बनाउने उद्देश्यले डिजेलका लागि २८० किलोलिटर र पेट्रोलका लागि १४० किलोलिटर क्षमताको भण्डारण गृह निर्माण भइरहेको निगमले जनाएको छ। हालसम्म अन्य प्रदेशमा भण्डारण गृह रहे पनि कर्णालीमा नहुँदा नेपालगन्जबाट इन्धन आपूर्ति हुँदै आएको थियो।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले सुर्खेतमा निर्माण भइरहेको नयाँ डिपोले एक साताको माग धान्ने जानकारी दिनुभयो। “इन्धन भण्डारण नहुँदा भारतबाट आएको इन्धन नेपालगन्जस्थित डिपोमा राखेर मात्र कर्णालीमा पठाउनुपर्ने बाध्यता थियो,” उनले भने, “अब सुर्खेतमै आफ्नै डिपो सञ्चालनमा आएसँगै नेपालगन्जको भर पर्नुपर्ने अवस्थाको अन्त्य भई आपूर्ति व्यवस्था सहज हुने छ।”

यस आयोजना अन्तर्गत ७०-७० किलोलिटर क्षमताका चार वटा डिजेल ट्याङ्की र ७०-७० किलोलिटर क्षमताका दुई वटा पेट्रोल ट्याङ्की गरी कुल ४२० किलोलिटर क्षमताको भूमिगत भण्डारण गृह निर्माण भइरहेको छ। करिब ११ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यस डिपोको हालसम्म ३५ प्रतिशत काम सकिएको छ। निगमका अनुसार हालसम्म कम्पाउन्ड वाल र ट्याङ्कीको फाउन्डेसन निर्माण कार्य सम्पन्न भइसकेको छ भने ट्याङ्कीको फ्याब्रिकेट कार्य सकिएर ढुवानीको चरणमा रहेको छ। चालु आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने निगमको लक्ष्य छ। हाल कर्णाली प्रदेशमा दैनिक ४० देखि ६० किलोलिटर पेट्रोल र १२० देखि १४० किलोलिटर डिजेल खपत हुने गरेको छ।

2