Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

नेपाली कांग्रेसको चार वर्षको आम्दानी २५ करोड

नेपाली कांग्रेसको चार वर्षको आम्दानी २५ करोड
A A+ A-

काठमाडौं। नेपाली कांग्रेसले आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्मको चार वर्षको अवधिमा २५ करोड २१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। सोही अवधिमा पार्टीको कुल खर्च ३४ करोड ६९ लाख रुपैयाँभन्दा बढी पुगेको छ। पार्टीको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनले यस्तो विवरण सार्वजनिक गरेको हो।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा १४ करोड ८९ लाखभन्दा बढी आम्दानी र १७ करोड ९० लाखभन्दा बढी खर्च भएको थियो। त्यसपछिका वर्षहरूमा आम्दानी र खर्चमा निरन्तर उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा ३ करोड ६४ लाख आम्दानी र ७ करोड ९९ लाख खर्च भएको थियो। आर्थिक वर्ष २०८०/८१ मा २ करोड ५९ लाख आम्दानी र ४ करोड ९१ लाख खर्च भएको थियो। पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने ३ करोड ८८ लाख आम्दानी र ३ करोड ८६ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

पार्टीको आम्दानीको मुख्य स्रोत सदस्यता शुल्क, लेवी, नवीकरण, चन्दा र सहयोग रहेका छन्। चार वर्षको अवधिमा सदस्यता र लेवीबाट मात्र ११ करोड ३८ लाखभन्दा बढी रकम संकलन भएको छ। चन्दा तथा सहयोगबाट १२ करोड ६७ लाखभन्दा बढी आम्दानी भएको छ।

खर्चको मुख्य क्षेत्रमा निर्वाचन, अधिवेशन, सम्मेलन र कार्यालय सञ्चालन रहेका छन्। आर्थिक वर्ष २०७८/७९ मा अधिवेशन तथा सम्मेलनका लागि १२ करोड २१ लाखभन्दा बढी खर्च भएको थियो। निर्वाचनका लागि आर्थिक वर्ष २०७९/८० मा ३ करोड ८८ लाख खर्च भएको छ। कार्यालय सञ्चालन खर्च आर्थिक वर्ष २०८०/८१ मा ४ करोड ५४ लाख र २०८१/८२ मा ३ करोड ३५ लाख पुगेको थियो।

कोषाध्यक्ष श्रेष्ठले लेखापरीक्षित विवरण प्रस्तुत गर्दै पार्टीको आर्थिक व्यवस्थापनलाई थप पारदर्शी र संस्थागत बनाउनुपर्नेमा जोड दिएका छन्। प्रतिवेदनमा आर्थिक स्रोतको परिचालन र प्रत्येक खर्चको उचित अभिलेख राख्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

2