Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
A A+ A-

काठमाडौं। विनाशकारी रसुवा बाढीका कारण नेपालको आर्थिक वृद्धिदर चालू आर्थिक वर्षमा ३.७ प्रतिशतमा खुम्चिने विश्व बैंकले प्रक्षेपण गरेको छ। भदौ १० गते आएको बाढीले उद्योग र सेवा क्षेत्रमा पुर्‍याएको अवरोधका कारण आर्थिक गतिविधि प्रभावित भएको बैंकले जनाएको छ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट: भविष्यका लागि फरक ढंगले पुनर्निर्माण’ प्रतिवेदनअनुसार जलविद्युत्, सौर्य ऊर्जा, प्रसारण लाइन र यातायात पूर्वाधारमा भएको क्षतिले उत्पादन र आपूर्ति शृंखलामा प्रत्यक्ष असर पारेको छ। सेवा क्षेत्रअन्तर्गतका व्यापार, पर्यटन र वित्तीय गतिविधिमा पनि बाढीको नकारात्मक प्रभाव परेको छ।

यद्यपि, पुनर्निर्माणका गतिविधिले गति लिँदा आगामी आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा पुग्ने बैंकको अनुमान छ। माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले भने, ‘रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। यो नेपालका लागि आफ्ना पूर्वाधार- सडक तथा संचार सञ्जाल, ऊर्जा तथा खानेपानी र सरसफाइ, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाहरू बारे पुनर्विचार गर्ने एउटा अवसर पनि हो।’

प्रतिवेदनले नेपाललाई क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्दा बहुविपद् जोखिमको मूल्यांकन गर्न, पूर्वाधारको डिजाइनमा सावधानी अपनाउन र ऊर्जा तथा सञ्चार सञ्जालमा वैकल्पिक व्यवस्था सुनिश्चित गर्न सुझाव दिएको छ। साथै, विपद् पूर्वसूचना प्रणाली सुदृढ गर्न र संकटासन्न परिवारलाई सहयोग गर्न एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

2